कपिलवस्तु,जेष्ठ २८
कपिलवस्तु जिल्लाकै पिछडिएको क्षेत्र मानिने गुगौली गाविसका नागरिक बाटो बनाउने अभियानमा लागेका छन् । गाविस भित्रका विभिन्न गाउँमा हालसम्मा पनि बाटोघाटोको यातायात सवारीका साधन पुग्न नसकेको भन्दै स्थानिय सर्वसाधारणहरु करिब १० किलोमिटर वाटो निर्माणमा जुटेका हुन् । गुगौली गाविसको भजरामपुर, नवसहरा, खरौली, वनखेत, धरौली भाटा, नयाँवस्तीलगायतका गाउँ हुदै गाविस कार्यालय सम्मा जोडने वाटो निर्माण गर्न लागेका हुन । गाविस सचिव कृष्णप्रसाद शर्माले निर्माण गरिएको बाटो ग्राभेल गराईदिने बताएपछि स्थानिय सर्वसाधारणहरु अझ कम्मर कसेर गर्मीमा पनि बाटो बनाउने अभियानमा लगेका छन् । आफुहरुको समस्या समाधानकालागि कतैवाट पहल तथा सहयोग नपाएपछि गाविस भित्रका प्रत्येक घरवाट १÷ १ जनाका दरले विगत २५ दिनदेखि जनश्रमदान गर्दै बाटो निर्माणमा खटेका छन ।