जिल्ला विकास समिति तनहुँका लेखा परीक्षण अधिकारी सुनिल पाण्डेले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको भवन निर्माणका लागि १० हजार १ सय ८ रुपैयाँ दिने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रेमप्रसाद पौडेलसँगको भेटमा पाण्डले उक्त रकम सहयोग गर्ने घोषण गरेका हुन् । लोकतान्त्रिक शासन व्यवस्थामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै पाण्डेले सञ्चार क्षेत्रको विकासका लागि महासंघ भवनलाई आफूले सहयोग गर्ने बताउनुभयो । यस्तै लुम्बिनी कम्प्युटर प्रालिका सञ्चालक तुलसी पाण्डेले समेत महासंघको भवन निर्माणका लागि १० हजार १ सय ८ रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन् । β