तनहुँ, २३ जेठ
लामो खडेरीका कारण तनहुँको विकट कोटा गाविसका ३ वटा वडामा लगाईएको मकैं
सुकेर नष्ट भएको छ । गाविसको वडा १, २ र ३ मा लगाईएको संयौ रोपनीको मकैं
सुकेर सोत्तर भएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ । खडेरीले
मकैं सुकेपछि किसानहरु चिन्तीत भएका छन् । धान खेती नहुने यस क्षेत्रमा
बालि समेत खडेरीले नष्ट भएपछि भोकमरीको समस्या देखिने संम्भावन बढेको कृषि
कार्यालयले बताएको छ ।