Responsive Ad Slot

latest

दुबै हात गुमाएका सुरेन्द्र प्रथम श्रेणीमा

Saturday, June 16

/ by Anonymous
अमृत बास्कुने

म्याग्दी बेनी २ असार-
 
बेवारिसे बम पड्किएर २०६३ असार १२ गते दुबै हात गुमाएका म्याग्दीको बाबियाचौरका सुरेन्द्र खत्रीले यो वर्षको प्रवेशिका परिक्षामा सामेल भएर प्रथम श्रेणीमा उत्तिर्ण गरेका छन् ।
मंगला उच्च माध्यमिक विद्यालय बाबियाचौर केन्द्रबाट परिक्षामा सामेल भएका खत्रीले आठ सय पुर्णाङ्कमा पाँच सय १५ अर्थात ६४.३७ प्रतिशत अंक ल्याएका छन् । बम बिस्फोट हुँदा दुबै हातको कुइनादेखि तलको भाग गुमाएका खत्रीले एकजना सहयोगि राखेर परिक्षा दिएका थिए । नतिजा अनुसार १५१००४९ ‘यु’ सिम्बोल नम्बर भएका  खत्रीले अनिवार्य अंग्रेजीमा ७०, नेपालीमा ७४, अनिवार्य गणितमा ३८, बिज्ञानमा ६२, सामाजिकमा ५५, स्वास्थ्य जनसंख्या तथा वातावरणमा ७४, अर्थसास्त्रमा ७० र शिक्षा विषयमा ७२ नम्बर ल्याएका छन् ।
२०६१ सालमा पहिलोपटक परिक्षामा सामेल भएका उनलाई एक विषय लागेपछि परिवारको दबाबमा बृटिस लाहुले हुने रहरले पढाई त्यसै छाडेका थिए । लाहुरे हुने रहर गर्दागर्दै २०६३ सालमा घाँस काट्न वनमा गएको बेला बेवारिसे बम बिस्फोटमा दुबै हात गुमाएपछि उनको पढ्ने र लाहुरे हुने दुबै रहर समेत समाप्त भएका थिए ।
अहिले प्रवेशिका नतिजापछि खुशी व्यक्त गर्दैै उनले आँउदा दिनमा पढाइ र अपाङ्गता क्षेत्रमा संगै अघि बढ्ने प्रतिवद्धता जनाए । ‘ पढ्ने भन्दभन्दै दुर्घटनामा परेर यस्तो भयो, केहि गर्न पाइएन ।’ उनले भने,‘जहाँ गएपनि पढाइका कारण धेरै पछि परेको महसुस भएर अहिले परिक्षा दिएको हुँ, अब अपाङ्गता क्षेत्र र पढाइलाई संगसंगै लैजाने छु ।’ पढाई भन्ने कुरा जहिले र जस्तो अवस्थामा पनि निरन्तरता दिनुपर्ने भन्दै खत्रीले अहिलेको जमानामा पढाई जस्तो ठुलो कुरा केहि नभएको पनि बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI