१४ असार, काठमाडौं ।
५३ औं वाषिर्कोत्सवको अवसरमा विश्वविद्यालयले बिभिन्न कार्यक्रम गरेको छ । विश्वविद्यालय प्राङगण कीर्तिपुरमा भएको विशेष कार्यक्रममा कुलपति समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी हुनुभएको थियो । प्रधानमन्त्री कीर्तिपुर जाने क्रममा सरकार बिरुद्ध आन्दोलनमा रहको विपक्ष दल समर्थित विद्यार्थीहरुले कालोझण्डा पनि प्रदर्शन गरेका थिए ।
५३ औं वाषिर्कोत्सवको अवसरमा विश्वविद्यालयले बिभिन्न कार्यक्रम गरेको छ । विश्वविद्यालय प्राङगण कीर्तिपुरमा भएको विशेष कार्यक्रममा कुलपति समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी हुनुभएको थियो । प्रधानमन्त्री कीर्तिपुर जाने क्रममा सरकार बिरुद्ध आन्दोलनमा रहको विपक्ष दल समर्थित विद्यार्थीहरुले कालोझण्डा पनि प्रदर्शन गरेका थिए ।
विश्वविद्यालयको वाषिर्कोत्सव समारोहमा
सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले परिवर्तिन विश्व परिवेश र राष्ट्रिय
तथा अन्तर्राष्ट्रिय आवश्यकता अनुरुप विश्वविद्यालय शिक्षालाई परिमार्जन,
सुधार तथा वैज्ञानिकीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘हरेक वर्ष विभिन्न
विषयमा उत्पादन गर्ने जनशक्तिहरुको वितरण कस्तो छ, राष्ट्रिय आवश्यकता
अनुरुप छ कि, छैन, उत्पादित जनश्ाक्ति कहाँ कसरी उपयोग भईरहेको छ भन्ने
जस्ता विषयमा अध्ययन गर्न पनि जरुरी छ’ प्रधानमन्त्रीले भन्नुभयो -’आम
जनमानसमा, अन्तर्राष्ट्रिय रुपमा र राष्ट्रिय रुपमा सरकार र अन्य
सरोकारवालाहरुको सकारात्मक ध्यान उच्चशिक्षामा आकषिर्त गर्न उच्चशिक्षाको
आन्तरिक र वाहृय प्रभावकारिताको अध्ययन गरी सोही बमोजिम आˆना शैक्षिक
क्रियाकलाप अगाडि बढाउन आवश्यक छ ।
प्रधानमन्त्रीले विश्वविद्यालय, समाज,
सरकार र व्यवसायिक जगत बीचको जीवन्त सम्बनधले मात्रै समाज र राष्ट्र गतिशील
र समुन्नत हुने बताउनुभयोे ।
त्रि.वि.ले आज भन्दा ५३ वर्ष अघि स्थापना
भएर यसले अनवरत रुपमा देशकालागि आवश्यक बिभिन्न क्षेत्रका जनशक्तिहरु
उत्पादन गरेको भन्दै प्रधानमन्त्रीले प्रशंसा पनि व्यक्त गर्नुभयो ।
‘त्रि.वि. एउटा सार्वजनिक विश्वविद्यालय भएकोले उच्चशिक्षाको पहँुच आम
नागरिकहरुमा पुर्याउन सुलभ रुपमा गुणस्तरयुक्त शिक्षामा जोड दिनैपर्छ र
त्रि.वि.ले नागरिक उत्तरदायित्व वहन गर्नैपर्छ’ प्रधानमन्त्रीले भन्नुभयो ।
अन्तर्राष्ट्रियस्तरको शिक्षामा जोड
प्रधानमन्त्रीले संसारका अन्य
विश्वविद्यालयहरुसंग सहकार्यमा गर्न सकेमा मात्र छिटो उन्नतिगर्न सकिने
भन्दै यसतर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो । ‘आफ्नै देशमा अन्तर्राष्ट्रिय
स्तरको शिक्षा दिने केन्द्र निर्माण गर्न सके विदेशीने युवाशक्तिलाई
स्वदेश मै अड्याउन सकिन्छ’ प्रधानमन्त्रीले भन्नुभयो -’नेपाल संसारका सस्तो
जीवनस्तर भएको, शान्त र स्वच्छ वातावरण भएको देशहरु मध्येमा पर्छ,
पूर्णअग्रेजी माध्यममा क्रेडिट स्थानान्तर गर्न सकिने गरी त्रिविले
उच्चशिक्षाको ब्यवस्थापन गर्न सकेमा अन्य मुलुकका विद्यार्थीहरु पनि सस्तो
मुल्यमा गुणस्तरीय शिक्षाका लागि नेपालमा अध्ययन गर्न आउने सम्भावना छ ।’
प्रधानमन्त्रीले उच्चशिक्षाको गुणस्तर
सुधार्न र अन्तर्राष्ट्रिय स्तर कायम गर्न मानवीय तथा आर्थिक पक्षलाई सवल
बनाउनुपर्ने भएकाले यस तर्फ ब्यापक गृहकार्य गरी नयाँ श्रोत सहितको योजना
बनाउन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्रीले अहिलेको राजनैतिक जटिलतालाई
सम्वोधन गर्न प्राज्ञहरुको विशेष विश्लेषण सहितको अग्रगामी चिन्तनले सहयोगी
भूमिका खेल्न सक्ने पनि बताउनुभयो ।