काठमाडौ, ३ असार - नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटार नछाडे गलहत्याएरै भएपनि बालुवाटारबाट निकाल्ने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लव नेपालले काठमाडौंमा गरेको कार्यक्रममा रिजालले यस्तो चेतावनी दिनुभएको हो । तत्कालिन बैधानिक प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालालाई माओवादीले बालुवाटारबाट घिसारेर निकाल्ने अभिब्यक्ति दिएको भन्दै उहाँले प्रधानमन्त्री डा भट्टराईलाई पनि बालुवाटारबाट घिसारेर निकाल्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो ‘आफै बालुवाटार नछाडे नागरिकले घिसारेर बाहिर निकाल्ने छन् ।’ चुनाव गर्ने मनसाय भए यतिवेला प्रधानमन्त्रीले दलहरुसँग छलफल गरेर सहमति कायम गर्ने, संविधान संसोधन गर्ने जस्ता काममा आफूलाई केन्द्रीत गर्नु पर्नेमा काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तो गरी भट्टराई ब्राजिल जान खोजेको आरोप लगाउँदै रिजालले प्रधानमन्त्री चुनावको बहानामा सत्ता टिकाउने रणनीतिमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीको ब्राजिल भ्रमणले माओवादी चुनाव होईन, चुनावको नाममा सत्तामा टिकिरहन चाहन्छ भन्ने पुष्टि भएको छ । अबैद्य प्रधानमन्त्री ब्राजिल जाने होईन, सत्तामा बस्ने होईन, बालुवाटार छाड्नुस् ।’
कार्यक्रममा नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले प्रधानमन्त्रीसँग अहिलेसम्म भएका गल्ती स्विकारेर बालुवाटार छाड्नुको विकल्प नभएको भन्दै अन्यथा लोकतन्त्रबादीहरुको आन्दोलनले प्रधानमन्त्रीलाई गलहत्याएर हटाउने चेतावनी दिनुभयो ।
उहाँले सर्वसत्ताबाद लोकतन्त्रबादीले स्विकार्न नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री नसुध्रिए कडा आन्दोलन गरेर प्रधानमन्त्री हटाउने बताउनुभयो । उहाँले भन्नुभयो ‘सर्वसत्ताबाद सँग लोकतन्त्रबादीले आत्मसमर्पण गर्दैनन् कडा आन्दोलन गर्छन । सर्वसत्ताबादलाई परास्त नगरीकन मुलुकलाई सहि ट्रयाकमा ल्याउन सकिदैन ।’
मुलुक चरम संकटमा रहेको बेला प्रधानमन्त्रीको विदेश भ्रमण लाजमर्दो र गैरजिम्मेवार पूर्ण भएको भन्दै उहाँले मुलुकमा सहमति गरेर राजनीतिक धु्रविकरण रोक्न तर्फ आफूलाई नलगाउनु चरम गैर जिम्मेवारी पन भएको दावी गर्नुभयो ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कामचलाउ सरकारको कुनै पनि अन्तर्राष्ट्रिय मन्चमा सहभागी हुने र सम्झौता गर्ने हैसियत नभएको भन्दै यो कार्य कुटनीतिक मर्यादा विपरित हुने दावी गर्नुभयो ।
माओवादी अध्यक्ष प्रचण्डले राजिनामा दिएपछि आफूले ब्राजिलमा गर्न लागेको तीन वटा महत्वपूर्ण सम्झौता समेत नगरेको स्मरण गर्दै यादवले कामचलाउ सरकार यस्तो सम्मेलनमा जान मरिहत्ते गर्नु बालहठ जस्तो भएको मात्र टिप्पणी गर्नुभयो ।