-
३० जुन,अबुधबी,युएइ।अबुधबीको एक प्रतिष्ठित कम्पनी स्पार्क सैक्युरिटीमा कार्यरत महेन्द्र प्रसाद न्यौपानेको लाश अबुधबी मुर्दाघरमा १ महिनापछि
रहस्मय ढ्ङले भेटिइएको छ।तोपेगासी-१,झापा घर भएका निज रोजगारको शिलशिलामा २०६८ साल कार्तिक १ गते उक्त कम्पनीमा आएका थिए।आफ्नो तलब ठीक समयमा नाआउने र विभिन्न कारण लिइ मे १३मा रुविस बाट कम्पनीको प्रमुख कार्यालय,अबुधबीमा आएका महेन्द्र प्रसाद न्यौपाने(आइ०डी०-५१६७) लाई डियुटीमा नदेखेपछि सँगै बसोबास गर्ने साथी विवश भट्ट द्वारा रुविसमा कार्यरत अरु नेपाली सँग सोधपूछ भएको थियो।५ दिन बिती सक्दा पनि कुनै खबर नपाएपछि विवस भट्टले संबन्धित निकायमा सुचित गर्दा अबुधबी प्रहरी कार्यालय बाट निजको दुर्घटना भएको कुरा खुल्न आएको थियो।आफ्नो कम्पनीलाई पटक-२ निजको वस्तुस्थितीका बारेमा सोधपूछ बाट केही हाँसिल नभएपछि कामदारहरुले नेपाली राजदुताबासको सहारा लिन पुगेको कुरा सोही कम्पनीमा कार्यरत नेपालीहरुले बताएका छन।लामो समयको प्रतिक्षापछि निजको लाश अबुधबी,खलेदिया होस्पिटलको मुर्दाघर बाट भेटियपछि स्थिती तनाबपूर्ण रहेको कुरा विबस भट्ट बताउछन।कम्पनीले गलत सुचना प्रवाह गर्नु र अधिकारिक निकाय बाटपनि सकरात्मक पहल नहुनाले भविष्यमा पुन: यस्ता घट्ना हुनसक्ने कुरा नेपाली कामदारहरु बताउछन।
नोट :मृतकको फोटो सफा छैन,छिट्टैनै अर्को फोटो उपलब्ध गराउनेछौं