Responsive Ad Slot

latest

सतिस्वरा ,मिर्लुङ र जामुने खुला दिसा मुक्त क्षेत्र घोषणा

Monday, June 11

/ by Admin BHOLA THAPA

 तनहुँ २९ जेठ
:- तनहुँको सतिस्वरा गाऊ बिकास समितिलाई यहि जेठ २३ गते मंगलबार खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । कुल १ हजार ६ सय ४२ घर धुरीमा सौचालय बनेपछी गाबिसलाई खुला दिशामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्त अभियानको क्रममा १ हजार ४३ र अभियानपुर्ब ५ सय ८८ घरमा सौचालय निर्माण भएको बताइएको छ । सतिस्वरा खुला दिसामुक्त घोषणा हुने ३६ आै गाबिस हो ।
गाबिसलाई खुल्ला दिसामुक्त घोषणा गर्दै डीभिजन खानेपानी तथा सरसफाइ कार्यालय तनहुँका प्रमुख हरिदत्त पौडेलले सरकारले सन् २०१७ सम्म नेपाललाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य अनुरुप यतिबेला देसभर खुला दिसामुक्त अभियान चलिरहेको र स्वस्था र सरसफाइ नागरिकको पहुच पुर्याउन सरकारले देसभर खानेपानी र सौचालया निर्माणलाई तिब्र बनाएको पौडेलले बताउनु भयो । सरसफाइका कारण मानीसलाई थुप्रै रोग लाग्ने बताउदै पौडेलले सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिदै खुला दिसामुक्त क्षेत्र घोषणालाई प्रभाबकारी रुपमा कार्यन्वयन गर्नुपर्ने बताए ।
गाबिस सचिब श्रिकान्त न्यौपनेको अध्यक्षतमा आयोजित कार्यक्रममा बिभिन्न राज्नितिक दलका प्रमुख एबं प्रतिनिधि सरकारी तथा गैर संघ स्वस्थाका प्रमुख एबं प्रतिनिधिहरूले सुभकामन मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रममा सहभागी स्थानिय बासिन्दाले खुला ठाउमा दिसापिसाब गर्ने प्रतिब्द्ता जनाएका थिए ।
तेस्तै मिर्लुङ र जामुने गाऊ बिकास समितिलाई पनि शुक्रबार एक समारोहका बिच खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । जामुने गाबिसलाई प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पौडेलले र मिर्लुङ गाबिसलाई जिल्ला बिकास समितिका लेख परिछण अधिकारी एबं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छत समन्वय समितिका सचिवालय संयोजक सुनिल पाण्डेले खुला दिसामुक्त घोषणा गर्नु भएको थियो । “जामुने खुला दिसामुक्त घोषणा ” लेखिएको ब्यानर हटाएर गर्नु भएको थियो भने मिर्लुङ गाऊ बिकास समितिलाई प्रमुख अतिथी पाण्डेले खुला दिसा मुक्त अभियान घोषणाको ३८ आै गाबिस पुगेको अबसरमा ३८ वटा बेलुन उडाएर खुला दिसा मुक्त घोषणा गर्नु भएको थियो ।
स्रोत: भञ्ज्याङ
Don't Miss
© all rights reserved
made with by netKUTI