रौतहट, जेष्ठ २४
रौतहटको पोठिायाहि र विश्रामपुरमा आगलागी
हुँदा १९ घर जलेर नष्ट भएको छ । एक्कासी आएको हावाहुरीले हिजो दिउँसो
पोठियाहिमा रहेको १४ घर र विश्रामपुरको ५ घर जलेर नष्ट भएको प्रहरीले
जनाएको छ । पोठियाही गाविस वडा नम्वर १ मुसहर टोलमा मरक माझीको घरवाट
सल्केको आगोले स्थानिय तईट माझी, फुदेनी माझी, भोला माझी, भगलु माझीलगायतको
घर जलेर नष्ट भएको ईलका प्रहरी कार्यलय गरुडाले जनाएको छ । आगलागीबाट करिब
५ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको ईलका प्रहरी कार्यलय गरुडाका प्रहरी
निरीक्षक रामनारायण माझीले जानकारी दिनुभयो । यसैबीच खेतमा रहेको डोढ
जलाउन आगो लगाउदा विश्रामपुर वाड नम्वर ८ का वीरमान घिसिङ, दिलमाया
घिसिङलागायतको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
आगो स्थानियवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको हो ।