तनहुँ असार ७ गते । नेपाली कांग्रेसका
उपसभापति रामचन्द्र पौडेलले २ दिनका लागि भएपनि विघटित संसद व्युँताएर वा
अध्यादेशमार्फत नयाँ संविधान जारी गर्न सकिने बताउनुभएको छ ।

दमौलीमा मेलमिलाप कृषि सहकारी संस्थाको
उद्घाटन गर्दै पौडेलले संसद नभएको अवस्थामा अन्तरीम संविधान परिवर्तन गर्न
नसकिने र सरकारले घोषणा गरेको चुनाव गर्न अन्तरीम संविधानमा व्यवस्था
नभएकाले संसद् पुर्नस्थापनाको विकल्प नभएको दाबी गर्नुभयो