दोहा कतार
वैदेशिक रोजगारीको सिलसिलामा विगत ५ वर्ष देखि कतारमा कार्यरत कास्की जिल्ला कास्कीकोट गा.वि.स वर्डा नं २,का ४३ वर्षिय कर्ण वहादुर नेपालीको मे ३१ तारिख विहीवारको दिन उनको अचानक हृदयघातवाट मृत्यू भएको छ । सोही दिन विहीवार विहान उनी सँगै एउटै कम्पनी कार्यरत धनुषा जिल्लाका एकजना साथी विरामी भएकोले उनलाई हमाद हस्पिटल पुरयाएर वेलुका ४ बजेतिर कोठामा फर्केर आएको केही छिनमा नै उनको मृत्यू भएको हो । उनी कुनै किसिमका विरामी नभएको उनको वहिनी ज्वाई कुल बहादुर नेपालीले जानकारी दिए । हस्पिटलबाट कोठामा आएपछि टवाईलेट गएको अवस्थामा टवाईलेट भित्र नै वेहोश अवस्थामा भेटेपछि तुरुन्त एम्वुलेन्स बोलाएका थिए । एम्वुलेन्स आउन्जेल उनको सास थियो । एम्वुलेन्ससँगै आएका नर्सले बचाउन निकै कोशिस गरिएको थियो तर हस्पिटल लैजादा लैजादै बाटोमा नै मृत्यू भयो । मृतक नेपाली विगत पाँच वर्ष अघि कतारमा कार्यरत रहँदै आएका थिए । उनी कतारस्थित नेशनल एल्मुनियम भन्ने कम्पनीमा कार्पेन्टरको रुपमा आए पनि हेल्टीक मेशन चलाउने काम गर्दे आएका थिए । उनले ओभर टाईम पाउने आशमा डयूटी वाहेक पनि अरु धेरै नै काम गर्ने गरेका उनकै वहिनी ज्वाईले बताए । हाल उनको मृत शरीरलाई हमाद हस्पिटलमा राखिएको छ । मृतकको मृत शरीलाई नेपाल सम्म लैजान पनि आर्थिक समस्या भएकोले दोहावासी समाजसेवी तथा सहयोगी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गरेका छन् । दयालु महानुभावहरुले मतृकको वहिनी ज्वाई कुल बहादुर नेपालीको मोवाईल नम्वर ७७५०८५१४ सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।