काठमाण्डौं , जेष्ठ २२
पार्टीको शीर्ष तहमा बढेको संघीयताको विवाद मिलाउने बारेमा नेकपा एमालेका बिभिन्न जिल्ला अध्यक्षहरुले आज पार्टी अध्यक्ष झलनाथ खनालसँग छलफल गरीरहेका छन् । जारी भेटमा जिल्ला अध्यक्षहरुले संघीयताको पक्ष र विपक्षमा उत्पन्न विवाद मिलाएर पार्टीलाई एक ढिक्का बनाउन आग्रह गरिरहेको बताइएको छ । एमालेका आदिबासी, जनजाति तथा मधेसी नेताहरुले संघीयताको विषयमा पार्टी नेतृत्व सकारात्मक नभएकोभन्दै पार्टी छोड्ने चर्चा चलेपछि जिल्ला अध्यक्षहरुले अध्यक्ष खनालको ध्यानाकर्षण गराउन भेटघाटको कार्यक्रम तय गरेका हुन् ।