Responsive Ad Slot

latest

पोखरामा आजदेखि ३ दिने शैक्षिक मेला सुरु ।।

Friday, June 15

/ by Admin BHOLA THAPA
उच्च शिक्षाबारे विद्यार्थीको जिज्ञासा समाधान गर्ने उद्धेश्यका साथ आजदेखि पोखरामा शैक्षिक मेला शुरु भएको छ । रिपब्लिका दैनिक र डिरेक्सन नेपालको आयोजनामा पोखरा प्रर्दशनी केन्द्रमा तीनदिन संचालन हुने मेलालाई सफ्टवेरिका ११ औं हाईअर एजुकेशन एण्ड करिअर फेयर २०१२ को नाम दिईएको छ । भर्खरै एसएलसी पास भएका र दस जोड दुईको परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै मेला आयोजना गरिएको हो । उच्च शिक्षाबारे अन्यौल रहेका र अध्ययनमा लागि विदेश जान चहाने विद्यार्थीले मेलामा परामर्श लिन सक्ने मेला संयोजक सुनिल महर्जनले बताउनुभयो । मेलामा पुग्ने विद्यार्थीले कुन कलेजमा पढ्ने, कुन विषय पढ्ने लगायतका थुप्रै विषयमा जानकारी लिन पाउने आयोजकले जनाएको छ । मेलामा कलेज भर्ना, शुल्क, सेवा सुविधा, विषय र त्यसको स्कोपबारे समेत विद्यार्थीका जिज्ञासा मेटाइने संयोजक महर्जनको भनाई छ । मेलामा काठमाडौं र पोखरा गरी ५० भन्दा बढी कलेजको सहभागिता रहनेछ । विभिन्न कलेज, शैक्षिक परामर्श, ल्याङगग्वेज सिकाउने संस्थाको समेत सहभागिता रहने मेलामा मेडिकल इञ्जिनियरिङ, नर्सिङ, सूचना तथा सञ्चार, एअर होस्टेज, सि ए, ट्राभल एण्ड टुरिजम, होटेल म्यानेजमेण्ट, फेशन डिजाइनिङ, लगायतका पाठ्यक्रमका बारेमा पनि जानकारी गराईनेछ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको संयोजक महर्जनले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI