Responsive Ad Slot

latest

जिविसको कार्यालय, कार्यालय भवन अलपत्र ।।:.स्याङ्गजा

Sunday, June 17

/ by Admin BHOLA THAPA
   
 तनहुँ खबर डट कम
स्याङजाको वालिङमा आफ्नै भवनमा रहेको जिल्ला खेलकुद विकास समितिको कार्यालय भाडा तिर्ने गरी अन्यत्रै सारपछि कार्यालय भवन वेवारिसे बनेको छ । ६ रोपनी जग्गामा फैलिएको कभर्डहलसँगैको समितिको कार्यालय भवन र युवा सुचना केन्द्र अलपत्र परेको हो । वर्षौदेखि कार्यालय र युवा सुचना केन्द्र आफ्नै भवनवाट सञ्चालन हुदै आएको थियो । कार्यालयलाई भाडा तिर्ने गरी सदरमुकाममा सारेको भन्दै सरोकारवाला र निर्माण कर्ताहरुले भने आपत्ति जनाएका छन् । कभर्डहल निर्माण समितिका संयोजक एवं वालिङ नगरपालिका पूर्व नगर प्रमुख लालचन्द्र गैह्रेले कार्यालय भवन आफ्नै कार्यालयमा सार्न माग गर्नु भएको छ । गैह्रेले पक्की दुई कोठा सहितको राष्ट्रिय स्तरको कभर्डहलको दुरुपयोग नगर्न र राष्ट्रिय सम्पत्ति बचाउन आग्रह गर्नु भएको छ ।  जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष अर्जुन काफ्लेले नियमित खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या भएकाले सदरमुकाम पुतलिवजारमा कार्यालय भवन सारिएको बताउनुभयो । सम्पूर्ण जिल्ला स्तरीय कार्यालय समेत सदरमुकाममा भएकाले भाडा तिर्ने गरी भए पनि कार्यालय सार्ने निर्णय गरिएको उहाँले स्पष्ट पार्नु भयो । कार्यालय सारेपछि खेलुकदका गतिविधि सञ्चालन गर्न सहज भएको उहाँले दाबी गर्नु भयो । २०४० सालमा २० लाखको लागतमा निर्माण थालिएको कभर्डहल २०६० सालमामात्र निर्माण सम्पन्न भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI