कपिल ज्ञवाली
बुटवल, जेठ २१
मगर समुदायको अधिकार सुनिश्चितताका लागि सबै मगरहरु एक हुनुपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । नेपाल मगर संघ रुपन्देहीको १९ औं जिल्ला अधिबेशनका सहभागिले आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन तर्फ पनि सोच्नुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै संघका केन्द्रिय सदस्य मिना थापाले संबिधान नबनेका कारण आफूहरु अझै अधिकारकै लागि लड्नुपर्नेमा जोड दिनुभयो । अर्का केन्द्रिय सदस्य पिताम्बर सारु मगरले अबको मगरको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने बताउनुभयो । उहाले युवा पुस्तालाई अगाडि सारेर पाका पुस्ताले सहयोग र निर्देशन गर्नुपर्ने बताउनुभयो । १९ औं जिल्ला अधिबेशन आयोजक समितिका संयोजक अमर ब थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व संसद बाबुराम राना,मगर महिला संघकी शकुन्तला पुन मगर,मगर बिद्यार्थी पूसवृ केन्द्रिय उपाध्यक्ष प्रकाश राना,दीलिप थापा,लक्ष्मी थापा,लगायतले बोल्दै मुलुक संक्रमणमा रहेको बेला अधिकार सथापित गर्न एकढिक्का हुनुपर्नेमा जोड दिएका थिए ।अधिबेशनले आजै नंया नेतृत्व चयन गर्ने बताईएको छ ।