संविधानसभा विघटन भएको दोष कांग्रेस, एमाले लगायतका दलहरुले आफूलाई दिएपछि त्यसको प्रतिकर स्वरुप माओवादीले आयोजना गरेको आमसभामा माओवादीका कारण नभै अरु दलका कारण संविधनसभाले संविधान जारी गर्न नसकेको बताए । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले माओवादीले संघीयता र पहिचान छोड्न नसक्ने पनि बताउनु भएको छ ।
राजधानीको खुल्लामञ्चमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘हामीले संविधान निर्माणका लागि धेरै विषयमा सम्झौता गर्यौं तर संघीयता र पहिचानमा समेत सम्झौता गरेको भए म मात्रै होइन हाम्रो पार्टी नै सिद्धिने खतारा थियो ।’ भन्नुभयो । उहाँले जेठ २६ गतेको २६ दलको आमसभा र २७ गतेको राप्रपा नेपालको सभाप्रति लक्ष्य गर्दै भने, ‘उहाँहरुले गाएको र माओवादीले सुसेलेको के कति अन्तर छ, बुझिदिए पुग्छ । ‘हामीले साँच्चै गायौं भने कस्तो होला ?’ प्रचण्डको प्रश्न थियो । जेठ १४ ले परिवर्तनकारी शक्ति र परिवर्तन नचाहने बीचको कित्ता छुट्याएको छ । कांग्रेस र एमालेप्रति लक्ष्य गर्दै प्रचण्डले एकात्मक सामन्तवादी सोच भएकाहरूले संविधान बन्न नदिएको बताउनुभयो ।
प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा।बाबुराम भट्टराईले पार्टी फुट्नबाट जोगिन्छ भने आफू प्रधानमन्त्री पदबाट राजिनामा दिन तयार रहेको बताउनुभएको छ । माओवादीले शुक्रबार काठमाडौंको खुल्लामञ्चमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले पार्टीलाई फुटबाट जोगाउन आफू प्रधानमन्त्रीबाट राजिनामा दिन तयार रहेको बताउनुभयो । पार्टी फुटाउने गलत काम नगर्न असन्तुष्ट पक्षलाई आग्रह उहाँले आग्रह गर्नुभयो । ‘पार्टी फुट तर्फ कोही पनि नलागौँ’, बैद्य पक्षले प्रधानमन्त्री डा। भट्टराईको राजिनामा मागिरहेका बेल प्रधानमन्त्रीले भन्नुभयो, ‘पार्टी एक हुन्छ भने म उहाँहरुले भनेजस्तो राजिनामा गर्न पनि तयार छु ।’राजधानीको खुल्लामञ्चमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘हामीले संविधान निर्माणका लागि धेरै विषयमा सम्झौता गर्यौं तर संघीयता र पहिचानमा समेत सम्झौता गरेको भए म मात्रै होइन हाम्रो पार्टी नै सिद्धिने खतारा थियो ।’ भन्नुभयो । उहाँले जेठ २६ गतेको २६ दलको आमसभा र २७ गतेको राप्रपा नेपालको सभाप्रति लक्ष्य गर्दै भने, ‘उहाँहरुले गाएको र माओवादीले सुसेलेको के कति अन्तर छ, बुझिदिए पुग्छ । ‘हामीले साँच्चै गायौं भने कस्तो होला ?’ प्रचण्डको प्रश्न थियो । जेठ १४ ले परिवर्तनकारी शक्ति र परिवर्तन नचाहने बीचको कित्ता छुट्याएको छ । कांग्रेस र एमालेप्रति लक्ष्य गर्दै प्रचण्डले एकात्मक सामन्तवादी सोच भएकाहरूले संविधान बन्न नदिएको बताउनुभयो ।
प्रधानमन्त्रीले कांग्रेस, एमाले लगायतका दललाई आवेगमा आएर राष्ट्रपतिलाई संवैधानिक घेराभन्दा बाहिर नतान्न आग्रह गर्दै यसमा राष्ट्रपति सचेत रहेको बताउनुभयो ।