कपिल ज्ञवाली
बुटवल असार ९
नेपाली कांग्रसका केन्द्रिय सदस्य तथा यूवा नेता बालकृष्ण खांणले माओबादीले एकलौटी रुपमा घोषणा गरेको संबिधानसभा चुनाव तोकिएको मितिमा हुनै नसक्ने बताउनुभएको छ । एमाओबादीका उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले संसदबिहिनताको अबस्थामा गरेको चुनावको मिति घोषणा असंबैधानिक भएको उहाको जिकिर छ । तोकिएको मितिमा कानूनी,प्राबिधिक तथा राजनैतिक जटीलताका कारण चुवान हुन नसक्ने उहाको ठहर छ । बाईट..................
नेपाल प्रेस यूनियन रुपन्देहीको आयोजनामा आज बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य खांणले पार्टीभित्र सैद्धान्तिक रुपले समिक्षा जरुरी रहेको बताउनुभयो । बाईट................
बैचारिक मतान्तरका बिच १० महिनापछि केन्द्रिय समितिको बैठकमा सहभागि भएको देउवापक्ष संगको सहमतिले पार्टी बलियो भएको उहाको तर्क छ ।
सहमति गर्दै जाने र त्यसलाई ब्रेक गर्दै जाने एमाओबादीको प्रबृतिका कारण संबिधान आउन नसकेको उहाको भनाई छ ।
सहमतिको बिकल्प छैन भन्दै नेता खांणले संबिधानको मूल आधारमै सहमति गर्नुनै अहिलेको उत्तम राजनैतिक निकास भएको बताउनुभयो ।
एमाओबादी फूटले तत्कालिन अबस्थामा आफूहरुलाई राहत भएपनि दीर्घकालका लागि चुनौति भएको उहाको कथन छ ।
प्रेस यूनियन रुपन्देही सभापति भवानी प्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको संचालन सहसचिब कबिन्द्र नेपालले गर्नुभएको हो ।