Responsive Ad Slot

latest

अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाईंदैं

Saturday, June 23

/ by Admin BHOLA THAPA
काठमाडौ, असार ९ – अन्तर्राष्ट्रिय एकल महिला दिवस शनिवार मनाईंदैंछ । श्रीमान गुमाएका महिला र उनीहरुका बालबालिकाले भोग्नुपर्ने समस्यालाई विशेष पहिचान दिन र उनीहरुको मानवअधिकार रक्षा र सशक्तिकरणको माध्यमबाट गरिबी कम गर्ने अवसर प्रदान गर्न राष्ट्रसंघको आव्हानमा हरेक वर्ष जुन २३ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा २३ जुनलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि दिवस मनाउन लागिएको हो । लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो ।
दिवसका अवसरमा सन्देश दिंदै राष्ट्रसंघका महासचिव बान की मूनले विश्वभरका एकल महिलाका विरुद्ध हुने भेदभाव समाप्त पार्न र उनीहरुलाई मानवअधिकारको उपभोग गर्नका लागि सक्षम बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघले आजको दिनलाई विधवा दिवस भने पनि पछिल्लो समय विधवा शब्द असहज भएको भन्दै एकल महिला दिवस भन्ने गरिएको छ । श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिलाका रुपमा परिभाषित गरिएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI