बाजुरा, जेष्ठ २१
बिहिवार राती गएको हावाहुरी र बाढी पहिरोमा परी ज्यान गुमाएका र विस्थापीतहरुको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली आज घटना स्थलतर्फ गएको छ । विस्थापित तथा पीडित परिवारहरुले राहत तथा क्षतिपूर्ति नपाएको भन्दै गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमीरेको नेतृत्वमा टोली घटना स्थल बाँधु गएको हो । टोलीमा प्रमुख जिल्ला अधिकारी लगायत प्रहरी नायव उपरीक्षक, राजनीतिक दलका प्रतिनिधि नागरिक समाज, गैरसरकारी निकायका प्रतिनिधि सञ्चारकर्मीलगायत १५ जनाको सहभागिता रहेको छ । घटनामा परी ज्यान गुमाएका आफन्तहरुलाई सरकारले दिनु पर्ने राहत तथा क्षतिपूर्ति घटनाको तीन दिन बितिसक्दा पनि नदिएको भन्दै गुनासो गर्दै आएका छन् । उनीहरुले हिजो आफन्तका शवहरु बुझ्न समेत अस्वीकार गरेका थिए । राहत सामाग्री सहितको टोली घटना स्थल मै आउने प्रमुख जिल्ला अधिकारीको आश्वासन पछि शव बुझेर दाससंस्कार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनामा मृत्यु भएका र विस्थापित परिवारहरुले एकमुष्ट राहतको प्याकेज दिन माग गरेका छन् । घटनामा परी चार जनाको घटना स्थल मै र एक जनाको नेपालगञ्ज उपचारका लागि लैजाने क्रममा हेलिकोप्टर मै मृत्यु भएको थियो । हावाहुरी र बाढी पहिरोमा परी बाँधु–९ पीपल डालीमा मात्र ३८ परिवारका २ बढी व्यक्ति घरवार विहिन भएर विस्थापित भएको प्रहरीले जनाएको छ ।