उच्च शिक्षाबारे विद्यार्थीको जिज्ञासा समाधान गर्ने उद्धेश्यले पोखरामा संचालित मेला आज सकिदैछ । रिपब्लिका दैनिक र डिरेक्सन नेपालको आयोजनामा शुक्रबारदेखि पोखरा प्रर्दशनी केन्द्रमा मेला सुरु भएको हो । भर्खरै एसएलसी पास भएका र दस जोड दुईको परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै संचालन गरिएको मेलामा उच्च शिक्षाबारे अन्यौलमा रहेका र अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिईएको छ । सफ्टवेरिका १० औं हाईअर एजुकेशन एण्ड करिअर फेयर २०१२ नाम दिईएको मेलामा काठमाडौं र पोखराका गरी ५० वटा कलेजको सहभागिता छ ।