गोरखा, जेष्ठ ३०
आरुचनौटे गाउँ विकास समिति गोरखाले दलित तथा गरिव वर्गका जनताहरुको आय आर्जनको लागि गाउँ विकास समितिको कोषबाट ४२ थान घार सहित मौरी वितरण गरेको छ । गाउँ विकास समितिको कार्यालय आरुचनौटेमा गाउँ विकास समितिका सचिव अब्दुल मियाले ३० थान घार दलित र १२ थान घार गरिब किसानहरुलाई वितरण गर्नु भएको हो । मौरी सहितको घार खरिदका लागि गाउँ विकास समितिले अनुदान दिएको हो । प्रति घार ४५ सय लगानी गरिएको सचिव मियाले बताउनुभयो ।