दुई तिहाई जनबर्गिय कार्यकर्ताहरु आफुहरुको पक्षमा भएको दाबि
कपिल ज्ञवाली
बुटवल, असार १४
नवगठित नेकपा–माओबादीको जनवर्गिय संगठन अवद्य मेधेश राज्य समितिले दुई तिहाई जनबर्गिय संगठनका कार्यकर्ताहरु आफुहरुको पक्षमा रहेको दावी गरेको छ । विहिबार बुटवलको रातो घरमा आयोजित पत्रकार सम्मेलनमा जनवर्गिय संगठन अबद्य मधेश राज्य समितिले यस्तो दावी गरेको हो। महिला,किसान,मजदुर,विद्यार्थी,शिक्षक,कर्मचारी,चिकित्सक,जनासास्कृतिक,सुकुम्बासी,विभिन्न जातिय संगठन,मुस्लिम,बुद्धिजिवि पत्रकारहरु लगायतका जनवर्गिय संगठनका अवद्य संयोजकको हस्ताक्षर सहित पत्रकार सम्मेलनमा विज्ञप्ति वितरण गरेर दावी गरिएको । जनवर्गिय तथा मोर्चा संगठन अवद्यराज्य समितिका ईन्चार्ज अशोक लम्साल अनुकुलले दुई तिहाई जनवर्गिय संगठन आफुहरुको पक्षमा रहेको दावी गरे । उनले वर्गिय,जातिय उत्पिडनका विरुद्धमा संसथापन पक्षले धोका दिएको भन्दै जनवर्गिय संगठनहरु मोहन बैद्यले नेतृत्व गरेको माओबादीमा रहेको जिकिर गरेका छन् । अवद्यराज्यमा कहि मात्रै संसथापन पक्षमा रहेको बताउदै पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने जनवर्गिय संयोजकहरु पार्टी एक भएकै बेला भएको बताए । तर संस्थापन पक्षले भने यसलाई अस्विकार गर्दै आएको छ । पत्रकार सम्मेलनमा केहि जनवर्गिय संगठनका संयोजकहरुको भने सहभागिता थिएन । आफुहरु क्रान्तिको पक्षमा प्रतिबद्ध भएको भन्दै आवश्यक परे हतियार समेत उठाउने अवदराज्य समितिका सचिवालय सदस्य समेत रहेका लम्सालले बताए । पत्रकार सम्मेलनमा अखिल नेपाल महिला संघ क्रन्तिकारीका अबद्य संयोजक बन्धु चन्दले पार्टी फुटसंगै आफुहरुको पक्षमा बहुमत जनवर्गिय संगठनहरु रहेको दावी गरिन ।