काठमाडौं, असार ३ - एकीकृत नेकपा माओवादीको वैद्य पक्षले नयाँ पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी प्रस्ताव गरेको छ । वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले राजनीतिक प्रतिवेदन पेश गर्दै नयाँ पार्टीका नाम प्रस्ताव गर्नु भएको हो । बैद्यले आफ्नो प्रतिवेदनमा राष्ट्रिय अन्तराष्ट्रिय स्थिती, आगामी कार्ययोजना र विगतका कामको समिक्षा लगायतका विषय विषय समेट्नु भएको छ ।
प्रतिवेदनमाथि आइतवार कार्यकर्तालाई २१ वटा समूहमा विभाजन गरेर छलफल भएको र थप अध्ययन गरी सोमवारको बन्दसत्रमा समूह प्रमुखले सुझाव पेश गर्ने पोलिट्ब्यूरो सदस्य पम्फा भुषालले जानकारी दिनुभयो । कार्यकर्ताका तर्फबाट संस्थापन पक्षसँग वार्ता पनि जारी राख्ने र क्रान्तिकारी धारलाई समेटेर नयाँ पार्टी खोल्नु पर्ने सुझाव आएको छ ।
बन्द सत्रमा साँगठनिक प्रतिवेदन पेश गर्दै महासचिव रामबहादुर थापा बादलले बिद्रोहको कार्यदिशालाई अघि बढाउने बताउनुभयो । स्वाधिनता र परिवर्तनको लागि एकता हुन सक्ने तर जनविरोधी, राष्ट्रघाती तथा अवसरवादी कामको लागि एकता हुन नसक्ने बादलको भनाई छ ।