तनहुँ १२ असार:- तनहुँ जिल्लाको ४६ वटै गाउँ
विकास समिति खुला दिसामुक्त घोषणा भएका छन् । सोमबार घिरिङ्गसुन्धारा
गाविसलाई खुला दिसामुक्त घोषणा गरेपछि जिल्लाका ४६ वटै गाविस खुला
दिसामुक्त घोषणा भएका हुन् । गाविसका १ हजार ४ सय १४ घरधुरी मध्ये अभियनाका
क्रममा १ हजार ८९ र अभियान पूर्व ३ सय २५ वटा घरधुरीमा शौचालय निर्माण
भएको गाविस सचिव एवं अध्यक्ष जगन्नाथ आचार्यले बताए ।
२०६८ पुस १० गतेबाट सुरु अभियानको क्रममा शौचालय निर्माणमा १५ लाख ३१ हजार ५ सय ७० रुपैयाँ खर्च भएको छ । गाविसलाई स्थानीय पूर्वधार तथा कृषि सडक विभागका महानिर्देशक भूपेन्द्र बहादुर बस्नेतले खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् । कार्यक्रममा उनले खुला दिसामुक्त घोषणालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।
२०६६ पौषबाट सुरु भएको खुला दिसामुक्त अभियानको क्रममा जिल्लाका बन्दिपुर, कोटा, भानुमति, रिस्ती, बैदी, देवघाट, धरमपानी, बसन्तपुर, स्याम्घा, थप्रेक, आँबुखैरेनी, खैरेनीटार, फिरफिरे, राईपुर, माझकोट, कोटदरवार, छिपछिपे, पुर्कोट, घाँसीकुवा, बरभञ्ज्याङ, साभुङभगवतीपुर, राम्जाकोट, देउराली, छिम्केश्वरी, अरुणोदय, किहुँ, गजरकोट, पोखरीभञ्ज्याङ, रुपाकोट, दुलेगौंडा, तनहुँसुर, ढोरफिर्दी, ऋषिङ रानीपोखरी, छाङ, भिरकोट, सतिस्वाँरा, काहुँशिवपुर, जामुने, मिर्लुङ, भीमाद, क्यामिन, केशवटार, चोकचिसापानी, मनपाङ्ग, भानु र घिरिङ्गसुन्धारा खुला दिसामुक्त घोषणा भएका छन् । व्यास नगरपालिकालाई भने तेस्रो साताभित्र खुला दिसामुक्त घोषणा गरिने बताइएको छ ।