बैतडी, जेष्ठ २०
बैतडीको बिकट च्वाँगड क्षेत्रमा पर्ने सिगास गाविस वडा न १ मैतोडमा खानेपानीको समस्या छ । स्थानिय मैतोड कुलोमा आउने पानी नै बन्द भएपछि स्थानियहरु खानेपानी समस्या परेका हुन् । मैतोडका ३० घरपरिवारहरुलाइ खानपानेको समस्या परेपछि आधा घण्टा टाढा हिडेर खोलामा बग्ने दुषित पानी पिउन बाध्य भएको स्थानिय पठान सिहं बोहाराले बताउनुभएको छ । बारम्बार सरोकारवालपक्षहरुसँग आग्रह गर्दा गर्दै पनि कुनै सुनुवाइ नभएको बोहाराले बताउनुभयो । जिल्ला डिभिजन खानेपानी कार्यलय,जिल्ला विकास समितिसँग बारम्बार अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानियहरुले बतमएका छन् । यसैबीच हिजो दिउँसो आएको हावाहुरीसँगै बैतडी सदरमुकामलगायत आसपासको क्षेत्रहरुको विद्युतसेवा अवरुद्ध भएको छ । हावाहुरीले विद्युतका पोलहरु ढलेपछि विद्युत अवरोध भएको प्राधिकरणले जनाएको छ ।