काठमाडौं, असार ५ - गायक बाबु बोगटी यतिखेर एकदमै ब्यस्त छन, तर गायनमा नभएर अभिनयमा । आजकाल गायक कम नायक बढी लाग्न थालेका बाबु बोगटीले भर्खरै चलचित्र मेरो भ्यालेन्टाइनको सुटिङ्ग सकेका छन् भने अब वितेका पलमा ब्यस्त हुने पक्का छ ।
फिल्ममै ब्यस्त रहन थालेपछि धेरै दर्शक स्रोताले बाबुको गीत सुन्न नपाएको पनि धेरै भई सकेको छ । पुल्चोक पाटन, रिक्वेष्ट र रिजल्ट गरि तीन वटा एल्बम बजारमा ल्याई सकेका बाबुको नयाँ एल्बम बजारमा नआएको पनि पाँच वर्ष भई सक्यो । नयाँ एल्बम कहिले आउछ त ? भन्ने सोधाईमा बाबु भन्छन “मेरो नयाँ एल्बम दशैमा आउने पक्का पक्की भई सकेको छ एल्बमको नाम ‘प्रायश्चित’ राखेको छु ।”
उनी राम्रो गायक त हुन नै साथमा राम्रो अभिनय गर्न सक्ने अभिनेता पनि हुन् । तपाई गायक कि नायक भन्ने सवालमा उनी आफु गायक र नायक भन्दा पनि एउटा पुर्ण कलाकार भएको बताउछन् । उनी भन्छन् “म जस्तो पनि गीत गाउन सक्छु भने अभिनयको कुरा गर्दा जुनसुकै क्यारेक्टरलाई पनि न्याय गर्न सक्छु । अगाडी आएका सबै कुराहरु सामना गर्दै जाने मेरो बानी छ । त्यही भएर पनि प्राय काममा नै आनन्द मान्छु ।”
चलचित्र मेरो भ्यालेन्टाइनमा लभर ब्वाईको भुमिकामा देखा पर्ने वाबु वास्तविक जिवनमा चाही लभर ब्याई छैनन रे । उनी भन्छन् “हेर्नुस मेरो कोही पनि गर्लफ्रेन्ड छैन, लभ गर्ने समय पनि छैन । अब डाइरेक्ट विवाह नै गर्ने हो.. हा हा हा । ” दुई, तीन वर्ष भित्रमा विहे गर्ने बताउने बाबु विवाह भएपछि प्रेम आफै सुरु हुने सोचाईमा छन् ।
उनको बिहे पनि कार्य ब्यस्तताले गदौ नै ढिला भएको पनि हुन सक्छ । फिल्ममा मात्र नभएर उनी देश विदेशमा कार्यक्रममा पनि निकै ब्यस्त भई रहेका छन् । गायक मात्र हुदा जति उनलाई अफर आउथ्यो कार्यक्रममा त्यो भन्दा धेरै अफर उनी नायक भई सकेपछि आउन थालेको छ । स्टेजमा नायकको रुपमा उपस्थित भए पनि उनी गायकको रुपमा नै गीत प्रस्तुत गर्छन ।