कपिल ज्ञवाली
बुटवल असार १०
ड्ड ५२ वटा टुंडाल कुदिएको, तामाको छाना,पितलको गजुरमा सुनको लेप,चार ढोका सहित नमूना मन्दिर
ड्ड १० करोडको गुरुयोजना अनुसार काम चल्दै
बुटवल – १४, नयांगाउं स्थित मुक्तिनाथ धाममा लुम्बिनी अञ्चलकै नमुनाको रुपमा मुक्तिनाथ बाबाको मन्दिर निर्माण सकिएको छ । कलात्मक नमुना मन्दिर झण्डै १ करोड लागतमा निर्माण गरिएको हो । काठमाडांैमा यस्ता किसिमका मन्दिरहरु भएपनि चार ढोका भएको कलात्मक मन्दिर यस क्षेत्रमै पहिलो हो । मुक्तिनाथबाबाको मन्दिर संगसंगै दायां हनुमान र बायां गणेशको मन्दिर निर्माण सकिएको हो ।
नवनिर्मित मन्दिरमा यहि १६ देखि २० गतेसम्म बिभिन्न उत्सब गरेर मूर्तिको प्राण–प्रतिष्ठा गरिने धामका प्रमुख संरक्षक लोकानन्द स्वामिले बताउनुभयो । बुटवल –११, मिलनचोक निवासी धनकुमारी श्रेष्ठ ‘पुर्कोट्नी’ लगायत श्रेष्ठ परिवारले मन्दिर बनाउन सहयोग गरेका हुन् । विष्णुुका विभिन्न ५२ वटा टुंडाल कुदिएको, तामाको छाना तथा पितलको गजुरमा सुनको लेप लगाईएको छ ।
मन्दिर भक्तपूर र ललितपूरका कालिगढहरुले निमार्ण गरेका हुन् । यो मन्दिरको ढोका काठमाडौको मछिन्द्रनाथ मन्दिरको ढोकाजस्तै छ । २०६५ सालमा मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरबाट जलल्याई नयांगाउंमा हेलिकप्टरबाट सेचन गराई स्थान पवित्र पारी बिभिन्न प्रकारका मन्दिर निर्माण शुरु गरिएको थियो ।
नेपालकै सबैभन्दा अग्लो २७ फिटको शिव ज्योर्तिलिङ्ग, अखण्ड यत्रशाला, अमृत जलकुण्ड, अखण्ड दीपज्वाला मन्दिर, १ सय ८ गौमुखि धारा निमार्ण भैसकेका छन् । ‘मछिन्द्रनाथको ढोकासंग मिल्दो चारवटा कुंदिएको ढोका राखेका छौ,’ मन्दिरको निर्देशन गरिरहेका निर्देशक डा. कर्ण बहादुर श्रेष्ठले लुम्बिनीसंग भने ‘नयागाउमा बन्ने विभिन्न मन्दिरको तुलनामा यो मन्दिर सबैभन्दा महगो र आकर्षक छ ।”
५ बर्ष अघिदेखि निमाण शुरु गरिएको धाम धार्मिक पर्यटकिय गन्तब्य स्थलका रुपमा विकसित हुदै गएको छ धाममा निर्माण गरिएका सबै मन्दिरहरुको स्वरुप मुस्ताङको मुक्तिनाथमा जस्तै छन् । यहा पुगेपछि मुस्ताङ मुक्तिनाथको झझल्को मेटिने भक्तजनको भनाई छ । विभिन्न प्रयोजनका लागि २ करोडको लागतमा ४ तलाको सत्संग भवनको निर्माण सकिएको छ । ४ तले भवनमा प्रवचन, मेडिटेसन हल, सचिवालय, सन्तहरुको निवास, तिर्थयात्रीको निवास, जेष्ट नागरिक उपचार कक्ष, आवासगृह , महिला स्वास्थ्य चेकजांच कक्ष आदि रहने छन् । धाममा हरेक बर्ष गरिने महायज्ञबाट अर्थ संकलन गरेर निर्माणका काम संचालन भैरहेको धामका कार्यबाहक अध्यक्ष दयाराम न्यौपानेले बताउनुभयो । ट्रष्टले धार्मिक क्षेत्रको रुपमा स्थापना गर्न २०६४ सालमा पहिलो महायज्ञ गरेको थियो । धामको विकासका लागि रिङरोड निर्माण गरी अझ आर्कषक र ब्यबस्थित बनाउने ट्रष्टको गुरुयोजना छ । धाममा नारी जागृति समूह,बाल ब्यासको समूह,परोपकार महासंघ,ओमकार परिवार तथा स्थानियले ठूलो सहयोग पु¥याईरहेको ट्रष्टका कोषाध्यक्ष तुलसी प्रसाद भण्डारीले बताउनुभयो ।