काठमाण्डौं, २६ जेठ- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आज हुन लागेको कांग्रेस-एमालेको आमसभालाई संघीयता विरोधीहरुको आमसभा भएको बताउनु भएको छ । नेवा र तामसालिङ राज्य समितिका नेताहरुसंग आज विहान भएको छलफलमा प्रचण्डले सङ्घीयता विरोधीको चलखेल बढेको बताउनु भयो ।
उहाँले असार १ गते हुने आमसभालाई पहिचानसहितको संघीयता पक्षधरको बनाउन पनि निर्देशन दिनु भएको छ । संघीयता विरोधीहरुकै कारण संविधानसभाबाट संविधान बन्न नसकेको भन्दै उहाँले त्यसलाई जनताको बीचमा लैजानु पर्नेमा जोड दिनु भएको छ ।
छलफलमा शीर्ष नेताहरुले संघीयता पक्षधर र विरोधीहरुको कार्यक्रम भइरहेको भन्दै भिडन्तको अवस्था आउनसक्ने तर्फ सचेत रहन पनि निर्देशन दिएको केन्द्रीय सदस्य नारायण दाहालले जानकारी दिनुभयो ।
छलफलमा नेवा र तामसालिङ राज्य समितिका नेताहरुले आमसभाको तयारीबारे नेतृत्वलाई जानकारी गराएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलमा माओवादी अध्यक्ष प्रचण्डसूगै उपाध्यक्ष तथा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, अर्को उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश सहितका नेताहरुको सहभागिता रहेको थियो ।