गायनमा आफूलाई निरन्तरता दिने उद्देश्यले अगाडी बढिरहेकी सीला राईले आफ्नो पहिलो गीति एल्बमवापत कस्तो मन बजारमा ल्याएकी छिन् । सीला राईको एकल स्वरमा रहेको कस्तो मन गीति एल्बममा चर्चित संगीतकार न्ह्यू बज्राचार्य, सुगम पोखेरल, वसन्त सापकोटा, बेधनीति पौडेलको संगीत रहेको छ । दुर्गालाल श्रेष्ठ, ज्योति जंगल, उमा सुवेदी, रविन्द्र अधिकारी जस्ता गीतकारहरुको शब्द रचना रहेको यस गीति एल्बममा चह चह आकाशैमा, संघारमा नटेक परदेशी, तिमीलाई सम्झेको होइन, तिम्रो मायामा, फकाई फकाई, सास फेर्दिनँ म जस्ता गीतहरु समावेश गरिएको छ । यस गीति संग्रहलाई प्यारामुन इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ ।