काठमाण्डौं, जेष्ठ ३०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष हेमबहादुर मल्लको आज बिहान ७५ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको छ । उहाँ मुटु र कलेजोको रोगका साथै फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पन्ध्र दिनदेखि उहाँलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । लामो समयसम्म तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य रही वन तथा भूसंरक्षण, गृह, भूमिसुधार तथा व्यवस्था, कृषि आदि मन्त्रालयको कार्यभार सम्हाल्नुभएका मल्ल ‘शेरेधनुषा’का नामले परिचित हुनुहुन्थ्यो । पछिल्लो पटक विसं २०४३ को निर्वाचनमा उहाँ श्रीमती शारदासहित निर्वाचित हुनुभएको थियो । धनुषा जिल्लाको धनुषाधाम उहाँको पुख्र्यौलीस्थल हो । उहाँ विसं २०६२देखि राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँका दुई श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।