काठमाण्डौं, असार २
पार्टी एकीकरणको प्रयास असफल भएपछि एकीकृत नेकपा माओवादी भित्रको उपाध्यक्ष मोहन वैद्य समुह छुट्टै रणनीतिमा लागेको छ । वैद्य पक्षले आगामि रणनीति तय गर्न आज र्राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । आज दिउँसो काठमाण्डुको वौद्धमा हुने भेलामा उपाध्यक्ष मोहन वैद्य किरणले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । पार्टी संस्थापन पक्षले एकताको नाममा भेलालाई कमजोर पार्ने र प्रभावित गर्ने उद्देश्य मात्रै लिएकाले भेला कायम राखेको र भेलाबाटै आगामि बाटो तय गर्ने पोलिटब्युरो सदस्य धवेन्द्र वास्तोलाले जानकारी दिनुभयो । बौद्धस्थित शेर्पा केन्द्रको सभा हलमा दिउँसो १ बजे सुरु हुने कार्यकर्ता भेला देशभरिबाट राज्य समितिस्तरका दुई हजार पाँच सय प्रतिनिधिको सहभागिता रहने वैद्य समुहले जनाएको छ । पार्टीको अहिलेसम्मको भूमिकाको समीक्षा, अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी दिशा विषयमा वैद्यले प्रतिवेदन पेश गर्ने र कार्यकर्ताको सुझावबाट आगामि रणनीति तय गर्ने वास्तोलाले बताउनुभयो । आजको भेलाबाट नयाँ पार्टीको अवधारणा समेत बन्ने उहाँले बताउनुभयो । वैद्यको प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष तथा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको भण्डाफोर गरिएको छ । भेलाअघि वैद्यसमुहको केन्द्रीय समितिको बैठक बस्ने बास्तोलाले सीआईएनलाई जानकारी दिनुभयो