नेपालगन्ज, जेष्ठ २४
जिल्ला कारागार बाँकेको उधारो खाता २० लाख पुगेको छ । चामल, औषधी उपचार, विद्युत् र टेलिफोनवापतको महसुल रकम बुझाउन नसक्दा कारागारको उधारो खाता २० लाख पुगेको हो । खाद्य संस्थानमा ५ लाख, भेरी अन्चल अस्पतालको साझा औषधी पसलमा ५ लाख र विद्युत् तथा टेलिफोनवापतको १० लाख उधारो रहेको कारागार प्रमुख वसन्तप्रसाद पन्थीले बताउनुभयो । मन्त्रालयबाट आउने रकममा ढिलाई भएपछि उधारो बापतको रकम तिर्न नसकिएको कारागार प्रमुख पन्थीको भनाइ छ । क्षमताभन्दा झन्डै दोब्बर बढी कैदीका कारण व्यवस्थापनमै समस्या परिरहेका बेला मन्त्रालयबाट समयमै रकम निकासा नहुँदा झनै समस्या परेको कारागार प्रमुख पन्थीले बताउनुभयो । २ सय क्षमताको कारागारमा हाल ३१ महिलासहित ३ सय ३५ कैदीहरु छन् ।

क्षमताभन्दा धेरै कैदीहरु भएकाले उनीहरु
खुल्ला आकाशमुनी सुत्न बाध्य भएका छन् । कारागारभित्र खानेपानी, ढलनिकास,
शौचालयको समेत समस्या बढ्ेको कैदीहरुको गुनासो छ । ६८ वर्ष पुरानो भईसकेको
कारागार आवश्यक मर्मत अभावले भवन र पर्खालहरु जीर्ण बनेका छन् । कारागार
सुधारका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाई नभएको
कारागार प्रमुख पन्तले बताउनुभयो । यता जिल्ला प्रशासन कार्यालय बाँकेले
भने एकैपटक सुधार हुन नसक्ने भन्दै पहल भईरहेको बताएको छ । बाँकेका प्रमुख
जिल्ला अधिकारी ढुण्डीराज पोख्रेलले कारगारको समस्याका बारेमा प्रशासन
गम्भीर भएको भन्दै त्यसका लागि तत्काल पहल थालिने बताउनुभयो ।