तनहुँ, असार ७ गते नेपाल पत्रकार महासंघ
तनहँु शाखाको भवन आज शिलान्यास गरिने भएको छ । नेपाली कांग्रेसका उपसभापति
एवं पूर्व सभामुख रामचन्द्र पौडेलले अहिले केही वेर पछि महासंघ भवनको
शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ ।
नेपाल पत्रकार महासंघले भवन शिलान्यास
कार्यक्रममा सहभागी हुन सम्पूर्ण जिल्लावासीहरुलाई आमन्त्रण गरेको छ ।
महासंघको भवन शिलान्यास कार्यक्रमको
अवसरमा हालसम्म महासंघ भवन निर्माणका
सहयोग गर्ने चन्दादाताहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिने भएको छ
। यसैबीच महासंघ भवनको शिलान्यास कार्यक्रमको अवसर पारेर नेपाल पत्रकार
महासंघले स्थापना गरेको यस वर्षको रणबहादुर–चिजामाया पत्रकारिता पुरस्कार
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रदीप काफ्लेलाई प्रदान गरिने
भएको छ । जिल्लामा पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएको भन्दै काफ्लेलाई
पुरस्कृत गरिने निर्णय भएको
पत्रकार महासंघले जनाएको छ । पुरस्कारको राशी नगद २५ सय, सम्मान पत्र र दोसल्ला रहेको छ ।