Responsive Ad Slot

latest

देउवा पक्षसहितको काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै ।

Tuesday, June 12

/ by Admin BHOLA THAPA
काठमाण्डौं, जेष्ठ ३०
लामो समयदेखि पार्टीभित्रको विवाद मिलाउने बारेमा नेपाली काङ्ग्रेसको संस्थापन र असन्तुष्ट बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले आज छलफल सुरु गर्ने भएका छन् । पार्टीको विवाद समाधान गर्ने बारेमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समितिको बैठक दिउँसो १२ बजेपछि बोलाइएको छ । काङ्ग्रेस सभापति सुशील कोइरालाको निर्णयमा असन्तुष्ट देउवा पक्षले आज भ्रातृसस्थाको कार्यसमितिमा पठाउने नाम पठाउने र त्यसलाई सभापतिले घोषणा गरेपछि एकीकृत बैठक बसेर विवाद मिलाउने देउवा पक्षका नेता डाक्टर प्रकाशरशरण महतले सीआईएनलाई जानकारी दिनुभएको छ । भ्रातृसंस्थाको भागबण्डा मिलेपछि दश महिनादेखि कायम विवाद आज अन्त्य हुने नेताहरुले बताएका छन् । सभापति कोइरालाले महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र चन्द्र भण्डारीमार्फत पठाएको प्रस्तावमा देउवा पक्षले सकारात्म भएको प्रतिक्रिया दिएको छ । नेवि संघमा १५ देखि २० सदस्य थप्ने, तरुण दल र महिला संघमा सभापतिलाई बहुमतमा राख्ने गरी सहमति गर्न लागिएको छ । सस्थापन पक्षले पठाएको प्रस्तावलाई अन्तिम रुपदिन देउवा पक्षको बैठक बसिरहेको छ । बरिष्ठ नेता देउवा निवासमा बस्ने बैठकले कोइरालाले पठाएको प्रस्तावलाई छलफल गरेर आफ्नो तर्फबाट नयाँ प्रस्ताव पठाउने र त्यो पारित भए दिउँसोको बैठकमा जाने महतले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI