काठमाडौं, असार ५- विघटित संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादीका
उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा नयाँ दल गठन भएको छ। वैद्य समूहको दुई
दिनदेखि राजधानीमा जारी राष्ट्रिय कार्यकर्ता भेलाले सोमबार बेलुका नेकपा,
माओवादी नामक दल घोषणा गरेको हो।
सर्वहारा वर्गको आन्दोलनलाई छाडेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई नवसंशोधनवादी बनेको निष्कर्षसहित वैद्यले पार्टीसँग सम्बन्ध विच्छेद गरेका हुन्। नयाँ दलको ४८ सदस्यीय केन्द्रीय समिति समेत घोषणा गरिएको छ। आफ्नो समूहमा रहेका पुराना सदस्यलाई यथावत राखेर वैद्य अध्यक्ष बनेका छन्। पार्टी नेतृत्व छोड्न अध्यक्ष दाहाललाई दबाब दिएको समूहले पुराना पदलाई निरन्तरता दिएको छ।
वैद्य पक्षमा रहेका महासचिव रामबहादुर थापा, सचिव सिपी गजुरेल, स्थायी समिति सदस्य देव गुरूङ र नेत्रविक्रम चन्द यथावत छन्।
यस्तै, पोलिटब्युरो सदस्य हरिभक्त कँडेल, पम्फा भुसाल, खड्गबहादुर विश्वकर्मा, कुलप्रसाद केसी, धर्मेन्द्र बाँस्तोलालगायतलाई पनि यथावत राखिएको छ।
भेलाले नयाँ जिम्मेवारी र केन्द्रीय समितिको संख्या टुंग्याउने जिम्मा केन्द्रीय समितिलाई दिएको छ। ४८ सदस्यीय केन्द्रीय समितिमा एकता प्रक्रियाबाट गएका बाबुराम नेपाली र ओम पुन मात्रै छन्।
दाहाल नेतृत्वको एकीकृत माओवादीसँग सम्बन्ध विच्छेद गरेर नयाँ दल घोषणा गरे पनि वैद्यबाहेकका जिम्मेवारी यथावत राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नयाँ दल घोषणा गरेपछि दाहाललाई कारबाही गरेको देखाउन सबैको पद यथावत राखिएको स्रोतले बतायो।
नयाँ दल घोषणासँगै पदमा विवाद हुँदा पुरानालाई यथावत राखिएको एक केन्द्रीय सदस्यले बताए। महासचिवमा चन्द, महिलाका कारण पम्फा भुसाल, उपाध्यक्षमा सिपी गजुरेल र देव गुरूङ तथा सचिवमा हरिभक्त कँडेल र नारायण शर्माले दाबी गरेपछि पुरानै पदलाई यथावत राखेर पछि मिलाउने निर्णय भएको ती सदस्यले जानकारी दिए।
'क्रान्तिकारी सिद्धान्तका लागि सबैसँग वार्ताको ढोका खुलै छ,' केन्द्रीय सदस्य महेश्वर दाहालले भने, 'कार्यदिशा मिल्नासाथ एकता हुन्छ। प्रचण्ड, बाबुरामले कार्यदिशा छाडेकाले हामीले त्यसलाई बचाएका मात्र हौं।'
भेलाद्वारा गठित नयाँ दल तथा समसामयिक प्रतिवेदनहरू मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने भएको छ। भेलाले आउँदो फागुन १ गते महाधिवेशन आह्वान गरेको छ।
एकता प्रक्रियाबाट भेलामा सहभागी पोलिटब्युरो सदस्य शशि शेरचन (स्वनाम साथी)को समूहले भने भेलाको निर्णयलाई अस्वीकार गरेको छ। 'नयाँ पार्टी यहीँभित्रैबाट हुन्छ भन्ने हाम्रो मत थियो। उहाँहरूले अलग हुनुपर्छ भनेकाले सल्लाह गर्न हामी बाहिरएका हौं,' उनले नागरिकसँग भने।
स्वनाम समूहमा भीमप्रसाद गौतम, धर्मचन्द्र लावती, घनश्याम पौडेल, कमानसिंह लामा, ईश्वरी भट्टराई, किसन शर्मा र जगत पार्की छन्। पछिल्लो पटक पार्की अध्यक्ष दाहालको पक्षमा देखिएका छन्।
तीसवर्षे सम्बन्ध विच्छेद
शनिबार शेर्पा सेवा समाज केन्द्र बौद्धमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाबाट पार्टी विधिवत रूपमा विभाजन भएको छ। वैद्यले दाहालसँगको ३० वर्षे सम्बन्ध तोडेका छन्। वैद्यले २३ वर्षअघि दाहाललाई नेतृत्व हस्तान्तरण गरेका थिए।
२०४२ सालमा मोहनविक्रम सिंहसँग छुट्टिएका वैद्यले तीन वर्ष नेकपा (मशाल) को नेतृत्व गरेका थिए। दाहाललाई नेतृत्व हस्तातरणपछि ०४८ सालमा एकता केन्द्र गठन भएको थियो।
एकताकेन्द्रमा माओवादी/विचारधार पथपर्दशक सिद्धान्त मान्ने र सशस्त्र संघर्ष गर्ने विषयमा विवाद भई ०५१ सालमा माओवादी गठन भएको थियो। ०५२ मा 'जनयुद्ध' थालेको माओवादीका नेताहरू ०६३ सालसम्म भूमिगत थिए। शान्ति प्रक्रियासँगै संविधानसभामा ठूलो दल बनेको माओवादीमा गुटबीचको अन्तर्विरोध चर्किएको थियो। ०५१ मा विभाजित नारायणकाजी श्रेष्ठको समूहको एकता प्रक्रियासँगै पार्टी एकीकृत माओवादी नामकरण भएको थियो।
पार्टीको चुनवाङ बैठक, सात दलसँगको १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौताको विरोध गर्दै आएका वैद्य पार्टीमा दार्शनिक नेताका रूपमा स्थापित थिए।
'जनयुद्ध'बाट प्राप्त जनमुक्ति सेना, संविधानसभा भंग गरेर उपलब्धि गुमाएको निर्ष्षमा पुगेको वैद्य समूहसँग केही पुराना स्थापित अनुहार छन्। सेक्टर काण्डको असफलतापछि पार्टी नेतृत्व छाडेका वैद्यले पहिलो पटक खुला राजनीतिक दलको नेतृत्व गरेका छन्।
संस्थापन पक्षले आइतबार रातिसम्म गरेको एकताको पहल निरर्थक बनेको थियो। संस्थापन पक्षको बिहान बसेको बेठकले एकताको प्रयास समाप्त भएको निष्कर्ष निकालेको थियो।