Responsive Ad Slot

latest

बागलुङ्गको गलकोट क्षेत्रमा एउटै खोलाबाट २२.७ मेगावाट विद्युत उत्पादको काम थालनी ।।

Friday, June 15

/ by Admin BHOLA THAPA
पश्चिम बागलुङको गलकोट क्षेत्रमा एउटै खोलाबाट २२।७ मेगावाटको विद्युत उत्पादनको काम थालिएको छ । गलकोट क्षेत्रमा बग्ने दरमखोलाको विभिन्न स्थानमा निर्माण हुन लागेको ८ विद्युत परियोजनाबाट उक्त परिणामको विद्युत उत्पादनको काम सुरु गरिएको हो । विभिन्न निजी  कम्पनीहरुको सक्रियतामा निर्माण कार्य सुरु गरिएको उक्त विद्युत आयोजनालाई निर्माण सम्पन्न गर्नका लागि ४ अर्व ८ करोड ६० लाख बराबरको लागतमा आग्ने अनुमान गरिएको छ । धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रका अनुसार भौगोलिक बनावट र पानीको वहावलाई आधार मान्दा प्रतिकिलोवाट १ लाख ८० हजारसम्म लाग्ने र  लघुजलविद्युत आयोजनामा १ मेगावाट विद्युत उत्पादनका लागि करिव १८ करोड लाग्ने अनुमान छ ।
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ली–बर्ड, पोखराको आयोजनामा सामुदायिक बीउ बैंक विषयक दुईदिने राष्ट्रिय कार्यशाला गोष्ठी भैरहेको छ । नेपालमा विभिन्न गैरसरकारी संघ–संस्थाहरू तथा सरकारी निकायले आ–आफ्नै तरिकाले सामुदायिक बीउ बैंक स्थापना तथा सञ्चालन गरिरहेका छन् । यसै सन्दर्भमा सबै निकायलाई एकै थलोमा ल्याई अनुभव तथा सिकाई आदानप्रदान गर्ने, यसका तौरतरिका तथा विधिहरूमा छलफल गरी समान धारणा विकास गर्ने तथा नेपालका खाद्य तथा कृषिसँग सम्बन्धित वानस्पतिक आनुवांशिक स्रोतहरूको दिगो संरक्षणका लागि गोष्ठी गरेको लिवर्डले जनाएको छ ।
गोरखाको अश्राङ गाविस वडा नं. ३ र ४ मा गएराती चट्याङ पर्दा दर्जन बढीस्थानीयबासी घाइते भएका छन् । अश्राङको वडा नं. ३ मा स्थानीय रामचन्द्र भट्टराईको दुईवटा बाख्रीहरु चट्याङका कारण मरेका छन् । घरमा बसिरहेका ३ वर्षिय बालिका बबिता भट्टराई, दुई वर्षे बालक, १ जना वृद्ध र १४ वर्षिय मिलन पन्त गम्भीर घाइते भएका छन् ।β

र,
वल्र्ड भिजन लमजुड एडिपीले आज बिहान बेसीशहरमा एक कार्यक्रमको आयोजना गरी विभिन्न पाँच वटा कार्यक्रमका लागी १ करोड ७४ लाख २९ हजार आठ रुपैयाँ वरावरको वजेट सार्वजनिक गरेको छ ।  जस अन्तर्गत सरसफाई कार्यक्रममा २१ लाख ४ हजार ८ सय पचास, शिक्षामा ७३ लाख, १६ हजार ७ सय ४८ रुपैयाँ, सुरक्षित मातृत्व र पोषणमा २७ लाख १५ हजार ९ सय ८० रुपैँया, जिविकोपार्जन कार्यक्रमका लागी ३३ लाख ३६ हजार ६ सय १० रुपैयाँ र बालबालिका सहयोग कार्यक्रमका लागी ३८ लाख ४४ हजार ८ सय २० रुपैयाँ रहेका जनाईएको छ । वल्र्ड भिजन लमजुड एडिपीका म्यानेजर जेम्स प्रधानले उक्त कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसर उपस्थित सरोकारवालाले भने कार्यक्रमको योजना बनाउँदा देखि नै सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सरकारी कार्यालय र गैर सरकारी संघ संस्थाहरुविच सहकार्य हुन नसकेको भन्दै कतिपय स्थानमा कार्यक्रम जुध्ने गरेको र कुन संस्थाले के काम गरिरहेको छ भन्नेबारे जिविसलाई जानकारी नहुने गरेको बताएका छन् । सो अवसरमा बोल्दै स्थानिय विकास अिधकारी विष्णुदत्त गौतमले वल्र्ड भिजनले पनि विभिन्न कार्यक्रमहरुको योजना तर्जुमा गर्दा जिविसलाई सहभागी गराउनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, एमाले लमजुडका अध्यक्ष जमिन्द्रमान घले, काँग्रेस सभापति कृष्ण कोइराला, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख केशव शाक्य लगायतले वल्र्डभिजनले विभिन्न क्षेत्रमा गर्दै आएको कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिए ।β

 
Don't Miss
© all rights reserved
made with by netKUTI