Responsive Ad Slot

latest

मट्टितेल र डिजेलको मूल्यवृद्धि

Tuesday, June 19

/ by Unknown
असार ५-  अन्तरार्ष्ट्रिय बजारमा तेलको भाउ घटेर निगमको नोक्सानी कम हुँदै गएको बेला नेपाल आयल निगमले डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको छ।  इन्डियन आयल कर्पोरेशनले पठाउने नयाँ मूल्यमा निगम नाफा घाटा बराबरको स्थितिमा आउने अवस्था रहेकै बेला मंगलबार मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ बढाइएको छ।
बढेको मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर उपभोक्ता मूल्य ९३ रुपैयाँ पुगेको छ। यसअघि मट्टितेल र डिजेल प्रतिलिटर ८९ रुपैयाँ थियो। अन्तरार्ष्ट्रिय बजारमा तेलको भाउ घटेका कारण मूल्यवृद्धि नगरी नै नोक्सान समायोजन हुने अवस्थामा गरिएको मूल्यवृद्धिले सवारी साधन तथा औद्योगिक क्षेत्रको लागत बढ्न गइ उपभोक्ता मारमा पर्ने देखिएको छ
Don't Miss
© all rights reserved
made with by netKUTI