दर्ुबई । यर्ुर्एइस्थित नेपालीहरुद्धारा
संचालित
जातीय, धार्मिक, जिल्ला, अञ्चल, महिला, सामाजिक र भात्रुसंगठनहरु
लगभग ८० वटा संघ संस्थाहरु संचालनमा रहेका छन् भने फेरी अर्को नयां संस्था
स्थापना गर्ने हेतुले “खस आर्य समाज यर्ुर्एइ” को तदर्थ समिति गठन गरेको छ ।
सो तदर्थ समिति गठन गत ८ जुन शुक्रबारका दिन दर्ुबईको एभरेष्ट होटलमा
गरेको हो ।विभिन्न संघ संस्थाहरुका प्रतिनिधि, महिला, समाजसेवी र
पत्रकारहरु अतिथि रहेको भेलाको संचालन पत्रकार भुपुराज बस्यालले गरेको थियो
। प्रकाश कोइरालाको शुभकामना मन्तव्यबाट औपचारिक रुपमा थालनी भएको भेलामा
चन्द्रप्रसाद सापकोटा, चुडामणि ढकाल, चन्द्र रोकाहा, कृष्ण ढकाल, डीएल
शर्मा, अर्चना बस्नेत रोकाहा, भुवानी तिमिल्सिना, कृष्ण भुसाल, शंकर
ज्ञवाली र निमिष गिरीले आ-आफ्ना विचार राखेका थिए ।
उक्त भेलाले प्रकाश कोइरालाको संयोजकत्वमा १३ सदस्यीय “खस आर्य समाज
यर्ुर्एइ” को तदर्थ समिति गठन गरेको छ । जसमा क्रमशः संयोजकमा प्रकाश
कोइराला, सहसंयोजकमा भुपुराज बस्याल, गोपाल कंडेल र भुवानी तिमिल्सिना
रहेका छन् भने अन्य सदस्यहरुमा भिमकुमार अधिकारी, नारायण शर्मा, सुजना
गिरी, यादव अर्याल, दीपक शाह, गितामणि पाण्डे, केदारसिंह नेपाली, पिताम्बर
पाण्डे र टेकनाथ खनाल चयन भएका छन् ।यस समितिले तीन महिनाभित्रमा अझै बृहत् भेलाको आयोजना गरी पर्ूण्ा कार्यसमिति गठन गर्ने भएको छ । प्रवासमा रहेका प्रवासी नेपालीहरुलाई आइपर्ने दुःख र समस्याको समाधान गर्ने हेतुले स्थापना गरेको समितिले यर्ुर्एइस्थित संचालनमा रहेका अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै लैजाने प्रतिवद्धता समेत गरेको छ । छिट्टै समिति गठन होस् र समिति गठन भएपछि यस संस्थाले चालेको हरेक कार्यलाई सफलता मिलोस् भन्दै उपस्थित अतिथिहरुले शुभकामना दिएका थिए ।