कपिल ज्ञवाली
बुटवल,असार ४
बुटवल,असार ४
टेलिभिजनमा कार्यरत संचारकर्मीहरुका लागी
आयोजित ४ दिने तालिमको आज बुटवलमा समापन गरिएको छ । आप्रवासी मजदुरहरुका
विषयमा केन्द्रित तालिममा रुपन्देही क्रियाशिल १० टेलिभिजन पत्रकारको
सहभागिता रहेको थियो । तालिमको समापनका क्रममा सहभागिलाई प्रमाणपत्र बितरण
गर्दै नेपाल बातावरण पत्रकार समुह नेफेजका निबर्तमान अध्यक्ष तथा प्रशिक्षक
धुर्बं्र बस्नतेलले सिपलाई आफ्नो तरिकाले ब्यबहारमा उर्तान आग्रह गर्नुभयो
। कार्यक्रममा बोल्दै लुम्बिनी टेलिभिजनका उपाध्यक्ष भिम तुलाचनले टिभि
जर्नालिष्टहरुको लागि आयोजित यस प्रकारको तालिम निकै फलदायि रहेको
बताउनुभयो ।
नेफेजका पुर्व अध्यक्ष सहजमान श्रेष्ठको
अध्यक्षतामा भएको समापन कार्यक्रममा लुम्बिनी टेलिभिजनका कार्यकारी
निर्देशक सिद्धिचरण भट्टराई,स्टेशन म्यानेजर दिनेश पाण्डे,सहभागिका तर्फबाट
कृष्ण ढकाल,भगवती पाण्डे,मिनाक्षी न्यौपाने,नरेश केसी लगायतले बोल्दै
तालिमले बास्तबमै आप्रवासी मजदुरहरुका मुद्धाहरुलाई उठान गर्न र समस्या
समाधानका लागि उपयोगि भएको बताएका थिए ।जेठ ३२ गतेदेखि संभालित तालिममा
संचार माध्यमहरुमा आप्रवासी मजदुरहरुका मुद्धाहरुलाई कसरी समेट्न सकिन्छ
भन्ने, उनिहरुले भोग्नुपरेका समस्या,नीति नियम,बैदेशीक रोजगार बिभागको
भूमिका, क्यामराको प्रयोग लगायतका विषयमा नेफेजका निवर्तमान अध्यक्ष्ँ
धु्रव बस्नेत नेफेजका पुर्व अध्यक्ष सहजमान श्रेष्ठ, संजय शर्मा, हिमालय
खरेल, तालिम संयोजक नगेन्द्र लम्साल लगायतले सहजीकरण गर्नुभएको थियो ।