काठमाण्डौं, जेष्ठ ३२
युरोपेली युनियनमा आवद्व बिभिन्न देशका राजदूतहरुले संविधान जारी नगर्दै संविधानसभा विघटन भएको बारेमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड निवास लाजिमपाटमा आज विहान भएको भेटमा राजदूतहरुले संविधानसभाको विघटन, सरकारले घोषणा गरेको संविधानसभाको नयाँ निर्वाचन तथा दलहरुबीचको बढ्दो दुरीका बारेमा जिज्ञासा राखेका थिए । राजदूतहरुको जिज्ञासामा माओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको विघटनपछि दलहरुबीच दूरी बढेको भए पनि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर समस्या समाधान गर्ने तयारी भएको बताउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ । दलहरुको सहमतिमै संविधान लेखन तथा उत्पन्न संवैधानिक जटिलताले निकास पाउने प्रचण्डले राजदूतहरुलाई विश्वास दिलाउनु भएको थियो