भगीरथ अवस्थी, बैतडी, जेष्ठ २५
जिल्ला अस्पताल बैतडीमा आजदेखि
जटिलतायुक्त आकस्मिक प्रसुती सेवा शुरु भएको छ । जिल्ला अस्पताल बैतडी
स्थापना भएको झण्डै ४० वर्षपछि यो सेवा शुरु भएपछि स्थानीय नागरिकहरु खुशी
भएका छन् । अप्रेशन गरेर बच्चा जन्माउनुपर्ने महिलाहरुले अब जिल्ला
अस्पतालमै सेवा प्राप्त गर्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख
डा. गुणराज अवस्थीले जानकारी दिनुभयो । सामान्यरुपमा सुत्केरी हुन नसक्ने
बैतडीका महिलाहरुले अब भारतीय अस्पताल तथा जिल्लाबाट अन्यत्र जानुपर्ने
बाध्यता हटेको उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा जटीलतायुक्त प्रसुती
सेवा शुरु भएपछि मातृमृत्यु तथा बालमृत्युमा कमी आउने विश्वास गरिएको छ ।
जटीलतायुक्त प्रसुती सेवाको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी
गोविन्दमण्ीि भुर्तेलले उद्दघाटन गर्नुभयो ।