लमजुङ (भुलभुले), जेष्ठ २९ -
भुलभुले गाविस १२ औं गाविसको रूपमा खुलादिसा मुक्त क्षेत्र घोषणा गर्न सफल भएको छ । जिल्लालाई सन् २०१५ भित्र खुलादिसा मुक्त जिल्ला घोषणा गर्नर्े लक्ष्य अनुरूप भुलभुले गाविसका ७ सय १७ घरमा शौचालय बनाएर खुलादिसा मुक्त घोषणा गरिएको हो ।
करिब चार महिनाकै प्रयासमा गाविसका कुल ७ सय १७ घरमध्ये ४ सय २२ घरमा नयाँ पक्की शौचालय बनाइएको छ । छोटो समयमै प्रत्येक घरमा शौचालय बनाउन सफल भएपछि स्थानीयवासी हषिर्त भएका छन् । अभियान सफल भएको खुसियालीमा आइतबार स्थानीयवासी गाउँ-गाउँबाट बाजागाजा र भेवेशभूषमसहित भुलभुले बजारमा भेला भएका थिए । उनीहरूले दिनभर विभिन्न जातिको संस्कृति र नाचगानसमेत देखाए । 'साह्रै खुसी लागेको छ, त्यसैले नाच ल्याएर आएको' भुलभुले ८ छिनखोलाका मनसुब्बा तामाङले भने, 'पहिले जताततै गन्ध हुन्थ्यो, अहिले कतै फोहोर हुँदैन ।' शौचालय बनाउनुपर्छ भन्ने ज्ञान नभएर पहिले शौचालय नबनाएको उनले बताए । शौचालय बनाउनुअघि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र गाविसले गाउँ-गाउँमा गएर अभिमुखीकरण तालिम दिएका थिए । अभिमुखीकरणपछि स्वस्फूर्तरूपमा सबै शौचालय बनाउन कसिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर कमल अर्यालले बताए । 'चार सय बाइस शौचालय चार महिनामै बनाउनु चानेचुने कुरा होइन, अर्यालले भने, चेतना जगाउन सके असम्भव केही रहेनछ ।'
जिल्लाका अन्य गाविसवासीलाई विभिन्न गैरसरकारी संस्था र गाविसले ठूलो रकम खर्चेका छन् तर यहाँका स्थानीयलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले प्रतिपरिवार १२ सय रुपैयाँ बराबरका सामग्री उपलब्ध गराउने बाहेक अन्य सहयोग छैन । सक्नेले आफै बनाएका छन् भने नसक्नेलाई स्थानीय सामुदायिक वन, क्लब र आमा तथा बाबा समूहले सघाएका छन् । जिल्ला विकास समितिले समेत अभियानलाई सगाउन यस वर्षदेखि जिल्लाका दलित तथा विपन्न परिवारलाई थप १२ सय रुपैयाँ दिने निर्णय गरेको थियो । तर, त्यो रकम सम्बन्धित व्यक्तिको हातमा पुगेको छैन । जिविसबाट सहयोग पाउने आश्वासनकै भरमा अति विपिन्न परिवारका लागि गाविस जवानी बसेर रड तथा सिमेन्ट ल्याइदिएको गाविस सचिव एवं भुलभुले गाविस खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समितिका संयोजक शिवप्रसाद पौडेलले बताए ।
कतिपय बूढापाकाहरू श्ाौचालय बनाएर पनि प्रयोग र सरसफाइमा हिचकिचाइरहेकाले निरन्तर चेतना जगाउने र अनुगमन गरिने उनले बताए । अनुगमनका लागि स्थानीय जितबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेका छन् । साथै उनीहरूले १४ बुँदे अचारसंहिता निर्माण गरी लागूसमेत गरेका छन् । अनुगमनलाई प्रभावकारी बनाउन उनीहरूलाई ६० वटा आमा समूह, बाबा समूह, क्लब, स्कुल, सहरकारी लगायत स्थानीय संस्थाहरूले करिब ६२ हजार रुपैयाँ सहयोग गरेका छन् । भुलभुले गाविसका जनता जस्तै सबै ठाउँमा यस्तै जागरण आएर दुई वर्षअघि नै जिल्लालाई खुलादिसा मुक्त क्षेत्र घोषणा गर्न सकिने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख केशव शाक्यले बताए ।
जिल्लामा हालसम्म भुलभुलेसहित गाउँसहर, परेवाडाँडा, भोटेओडार, धमिलीकुवा, तार्कु, बाँझखेत, घेर्मु, बागलुङपानी, भुजुङ, धुसेनी र दुराडाँडा गरी १२ गाविस खुलादिसा मुक्त क्षेत्र घोषणा भइसकेको छ । सोमबार भलायखर्क गाविस पनि खुलादिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । त्यस्तै आगामी असार ४ गते उदीपुरलाई गरिनेछ । हाल २२ वटा गाविसमा शौचालय निर्माणको अभियान चलिरहेको र क्रमशः घोषणा गर्दै थप गाविसमा अभियान थालिने शाक्यले बताए ।