काठमाडौं, जेठ २२ - बढ्दो तापक्रम, प्रदूषण, अव्यवस्थित ढल र पानी संकलन
गर्ने प्रवृत्तिले काठमाडौं उपत्यकामा लामखुट्टे अत्यधिक वृद्धि भएको
अध्ययनले देखाएको छ। योसँगै जोखिमयुक्त रोगको संक्रमण सम्भावना बढेको
सम्बन्धित विज्ञहरूले औंल्याएका छन्।स्वास्थ्य सेवा विभाग, सरुवा रोग नियन्त्रण महाशाखाका कीटविज्ञ
पुरूषोत्तम गौतमका अनुसार उपत्यकामा हात्तीपाइले, जापानिज इन्सेफलाइटिस
सार्ने क्युलेक्स जातका लामखुट्टे, डेंगु र चिकेनगोनिया सार्ने एडिज र औलो
सार्ने एनाफिलिज जातका लामखुट्टे समेत पाइएका छन्।
'हात्तीपाइले सार्ने क्युलेक्स क्विन्कीफेसियाटस उपत्यकामा निकै भेटिएको छ,' लामखुट्टे लगायत कीराहरूबाट सर्ने रोग र त्यसको उपचार सम्बन्धमा लामो समयदेखि अध्ययन गरिरहेका गौतमले नागरिकसँग भने, 'काठमाडौंमा सबभन्दा बढी यही प्रजातिका लामखुट्टे छन्।' यसमा भाइरस बोकेका लामखुट्टे भने कम पाइएको उनले बताए।
'हात्तीपाइले सार्ने प्रजातिकै भए पनि भाइरस बोकेका लामखुट्टे कम हुनु र एकैपटकको टोकाइमा रोग सर्ने सम्भावना कम हुनुले ठूलो संख्यामा बिरामी नदेखिएको हो,' उनले भने।
गौतमका अनुसार यो प्रजातिको लामखुट्टे फोहोर र पानी जमेको ठाउँमा बढी पाइन्छ। उपत्यकाको अव्यवस्थित बसोबाससँगै बढ्दो फोहोर र ठाउँठाउँमा फुटेका ढलहरूले यस्ता लामखुट्टेलाई राम्रो बासस्थान दिएको छ।
दुई वर्षअघि चितवन, बुटवल र नवलपरासीमा डेंगु ज्वरोले महामारीको रूप लिएपछि सरकारले काठमाडौंमा पनि यस्तो रोग ल्याउने लामखुट्टे छ कि छैन भनेर अध्ययन गराएको थियो। उक्त अध्ययन गौतमकै नेतृत्वमा भएको हो। डेंगु सार्ने लामखुट्टे सफा र जमेको पानीमा बस्ने र दिउँसो मात्रै टोक्छ। यस्तो लामखुट्टेले कालो कपडा लगाएको र कालो छाला भएको मान्छेलाई टोक्न मन पराउने अध्ययनको निष्कर्ष छ।
'केही वर्षअघि म आफैं संलग्न भएर विराटनगर क्षेत्रमा अध्ययन गर्दा कालो बुर्का लगाएका महिला वरिपरि बढी लामखुट्टे झुम्मिएको पाइयो,' उनले भने, 'कालो पाइन्ट लगाउँदा सजिलै नमूना संकलन गर्न सकियो।'
सामान्यतया लामखुट्टेले जनावरकै रगत खाने भए पनि डेंगु गराउने लामखुट्टेले मान्छेकै रगत बढी रूचाउने गरेको अध्ययनको निष्कर्ष छ। डेंगु गराउने लामखुट्टे सबभन्दा बढी नयाँ बसपार्क क्षेत्रमा रहेको अध्ययनले देखाएको छ। तुलनात्मक धेरै मानिसको आवतजावत हुने भएकाले यहाँ लामखुट्टे बढी भेटिएको गौतमले बताए।
अध्ययनअनुसार खानेपानीको चरम अभावका कारण लामो समय पानी जम्मा गरेर राख्नुपर्ने भएकाले एडिज प्रजातिका लामखुट्टेले फैलिने मौका पाएको छ।
यसअघि बाल स्वास्थ्य महाशाखाको आग्रहमा सन् २००८ देखि २०१० सम्म जापानीज इन्सेफलाइटिसमा केन्द्रित अध्ययन गरिएको थियो। त्यतिबेला उपत्यकामा मात्रै वार्षिक ६ सयजना इन्सेफलाइटिसका बिरामी भेटिएका थिए। खोप अभियान चलाएपछि यो रोगको बिरामी संख्यामा कमी आएको छ।
'सानो टायर, प्लास्टिकका फुटेका भाँडा, पानी जम्मा हुने प्लास्टिकका छानामा सानो ठाउँ भए पनि हजारौं लामखुट्टे जन्मिन्छ,' उनले भने, 'उपत्यकामा जुन किसिमले बसोबास बढेको छ, नागरिक सचेत नभएसम्म लामखुट्टे नियन्त्रण गर्न सकिन्न।'