काठमाण्डौं, जेष्ठ २९
नेपाली काङ्ग्रेस र एमालेका शीर्ष नेताहरुले राष्ट्रिय सहमतिविना अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति डा रामबरण यादवसँग आग्रह गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवासमा केहीबेरअघि सकिएको राष्ट्रपति र काङ्ग्रेस, एमालेका नेताहरुको भेटमा सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेकोभन्दै दुई दलका नेताहरुले राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । जवाफमा राष्ट्रपति यादवले दलहरुसँगको छलफलको आधारमा अघि बढ्ने प्रतिबद्वता जनाउनु भएको नेताहरुले बताएका छन् । विहान बसेको काङ्ग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले सहमति बिनानै सरकारले आगामी आर्थिकवर्षको बजेट अध्याधेश मार्फत ल्याउन लागेकोमा आपत्ति जनाउँदै राष्ट्रपतिको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।