टेकराज भण्डारी, अछाम ,असार ६
अछाम जिल्लाको साँफेबगरमा रहेको सशस्त्र प्रहरी बल खप्तड गुल्ममा फैलिएको झाडाँपखालाको बारेमा बुझ्न तथा थप उपचारका लागि काठमाण्डौबाट चिकित्सकको टोली अछाम पुगेको छ । विरामीको थप उपचार तथा अवस्था बुझ्न काठमाण्डौबाट डा.सुरेन्द्र ढुंगानाको नेतृत्वमा ७ जनाको स्वास्थ्यकर्मीको टोली अछाम आएको गुल्म प्रमुख प्रहरी नायब उपरीक्षक बेनुप्रसाद पाठकले बताउनुभयो । गुल्ममा झाडापखाला फैलिएपछि ८२ जना बिरामी भएका र तीमध्ये हाल ३७ जनालाई बयालपाटा अस्पतालमै राखी उपचार भैरहेको वयालपाटा अस्पतालले जनाएको छ । अस्पतामा उपचार गाराईरहेकामध्ये १ जना बढी प्रभावित भएको जनाईएको छ । बिरामी शशस्त्र प्रहरी जवानलाई अब गुल्ममै ल्याई उपचार गरीने गुल्म प्रमुख पाठकले बताउनुभयो । प्रहरी जवानहरुको अवस्था खतरामुक्त रहेको डाक्टरले बताएका गुल्म प्रमुख प्रहरी नायब उपरीक्षक बेनुप्रसाद पाठकले बताउनुभयो । बिरामीको अवस्था सामान्य रहेको तथा कुनै खतरा नरहेको अस्पतालले जनाएको छ । आईतवार बेलुकी खाना खाई सुतेका जवानमा एक्कासी झाडापखालाको लक्षण देखा परेको थियो । झाडापखाला फैलिनुको कारण विशाक्त खाना (फुड प्वाईजन) भएको बताइएको छ ।