Responsive Ad Slot

latest

पानीका लागि शडकमा भगवान पूकार्दै सर्बसाधारण

Friday, June 15

/ by Admin BHOLA THAPA
कपिल ज्ञवाली
बुटवल, असार १ गते । गर्मीले अतालिएका सर्बसाधारण भजन,कृतन र नाचगान सहित पानी माग्दै शडकमा आएका छन् । लामो समयदेखि खडेरी परेपछि जनजीवन कष्टकर बनेपछि उनिहरुले भगवान ईन्द्र,बरुण र शिवलाई पुकार्दै शडकमा ओर्लिएका हुन् । बुटवल ५ चिडियाखोलामा रहेको शिद्धबाबा धाम बिकास समितिको आयोजना र बुटवल ५ का स्थानियको सहभागितामा आज बिहान सिद्धबाबा मन्दिरबाट निस्किएको भजन,कृतन र नाचगान सहितको टोलि पुल्चोक हुदै गालेपार्कमा पुगेर समापन गरिएको थियो ।
सो अबसरमा सहभागिले महादेब पानी देऊ,यतियति पानी गंगै रानी,हरहर महादेब जस्ता भजन गाउदै पानी छ्याप्दै हातहातमा हरिया स्याउला बोकेका थिए । सो अबसरमा बोल्दै शिद्धबाबा धाम बिकास समितिका सचिब आनन्द भगत श्रेष्ठले परम्परादेखि चलिआएको संस्कृति अनुसार आफूहरुले पानी पार्नका लागि भगवानलाई पुकारेको बताउनुभयो ।
सो अबसरमा शिद्धबाबा धाम बिकास समितिका कोषाध्यक्ष,संयोजक लिला प्रसाद श्रेष्ठ लगायतले बोल्दै भगवानले आफूहरुको पुकार सुन्ने र पानी पारिदिने बिश्वास ब्यक्त गरेका थिए ।
महादेउ पानी देऊ ः पानी माग्दै भगवान ईन्द्र,बरुण र शिवलाई पुकार्दै शडकमा ओर्लिएका हुन् शिद्धबाबा धाम बिकास समितिका पदाधिकारी बुटवल ५ का स्थानियहरु । गर्मीले अतालिएका सर्बसाधारण भजन,कृतन र नांचगान सहित पानी माग्दै शडकमा आएका हुन् । शुक्रबार बिहान सिद्धबाबा मन्दिरबाट निस्किएको भजन,कृतन र नाचगान सहितको टोलि पुल्चोक हुदै गालेपार्कमा पुगेर समापन गरिएको थियो । तस्बिर ः कपिल ज्ञवाली

Don't Miss
© all rights reserved
made with by netKUTI