काठमाण्डौं, असार २
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि उच्चस्तरीय सयन्त्र बनाएर प्याकेजमा समाधान खोज्नुपर्ने प्रस्ताव गर्नु भएको छ । कांग्रेसका सभापति शुसील कोइरालार एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटी प्रचण्डले सहमतिका लागि माओवादीले गर्नुपर्ने कामको प्रष्ट प्रस्ताव गर्न र वार्ताको टेवुलबाट समाधान खोज्न आग्रह गर्नु भएको छ । सभापति कोइरालासँग कोइराला निवास महाराजगञ्जमा भएको भेटमा माओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि माओवादी त्याग गर्न तयार रहेको भन्दै कोइरालालाई सहमतिको बाटोमा आउन प्रस्ताव गर्नु भएको छ । छलफलपछि पत्रकारसँग कुरा गर्दै एमाओवादी अध्यक्ष दाहालले संविधान निर्माण होस् या सरकार गठन, जुनसुकै विषयमा पनि सहमति गरेर जानुपर्छ भन्नुभयो । उहाँले संविधान निर्माणका क्रममा धेरै विषयमा सहमति भइसकेको र बाँकी विषयमा पनि सहमति गर्नुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले अब आ–आफ्नै पार्टीभित्र अन्तर छलफल गरेर फेरि वार्तामा बस्ने सहमति भएको बताउनुभयो । यसैगरी सभापति कोइरालाले विगतमा भएको पाँचबुँदे सहमतिको भावनाअनुसार अघि नबढ्दा अहिले राजनीतिक सङ्कट आएको बताउनुभयो । कोइरालासँगको छलफल पछि एमाले नेता नेपाललाई भेट्न प्रचण्ड काटेश्वर पुग्नु भएको थियो । नेपालसँग पनि सहमतिका लागि वार्ता गर्न प्रस्ताव गरेको तर नेपालले प्रधानमन्त्रीको राजीनामा पनि छलफल गर्ने जवाफ दिनु भएको थियो ।