Responsive Ad Slot

latest

कपिलवस्तुमा पहिलो पटक शल्यक्रियामार्फत प्रसुती सेवा ।।

Saturday, June 2

/ by Admin BHOLA THAPA
प्रदीप चौधरी, कपिलवस्तु, जेष्ठ २०
कपिलवस्तुको तौलिहवामा अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसुती सेवा सुरु भएको छ । अस्पतालमा हिजो सफल शल्यक्रिया गरेर सेवाको सुरुवात गरिएको हो । कपिलवस्तु नगरपालिका १३ लौसा गाँउकी लक्ष्मी धोवीको चिकित्सकहरुले सफल शल्यक्रिया गरेका छन् । शल्यक्रियामा संलग्न चिकित्सकको टोलीले १ घण्टा लगाएर धोवीको प्रसुती गराएका थिए । ४० हप्तामा जन्मिनु पर्ने बच्चा ४२ हप्ता पुरा भए पनि नजन्मिए पछि हिजो धोवीको शल्लक्रिया मार्फत प्रसुुती गराईएको थियो । स्वास्थ्य मन्त्रालयको योजना तथा निक साइमन इन्टिच्युट नामक अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाको प्राविधिक सहयोगमा अस्पताले शल्यक्रिया मार्फत प्रसुती सेवा सुरु गरेको हो । आवश्यक उपकरण तथा प्रविधि उप्लब्ध भएपनि अस्पतालमा ऐनेस्थेसिया तथा ब्लडको अभावमा शल्यक्रियाको सेवा सुचारु हुन सकेको थिएन ।
Don't Miss
© all rights reserved
made with by netKUTI