Responsive Ad Slot

latest

पाठ्य पुस्तकको माग गर्दै ज्ञापन पत्र ।।

Saturday, June 2

/ by Admin BHOLA THAPA
बाजुरा, जेष्ठ २०
जिल्लाका सबै विद्यालयमा तत्काल पाठ्य पुस्तक उपलब्ध गराउन माग गर्दै अनेरास्ववियु बाजुराले आज जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । शैक्षिक सत्रको दुई महिना पुरा भइसक्दा पनि जिल्लामा पाठ्य पुस्तक नपुगको भन्दै अनेरास्वबियुले ध्यानआर्कषण स्वरुप जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । पाठ्य पुस्तक अभावका कारण विद्यार्थीको पठन पाठनमा समस्या भएको र विद्यार्थीहरु पनि शिक्षा आर्जन गर्नबाट वञ्चित भएको भन्दै अनेरास्वबियुले जेठ मसान्त भित्र पाठ्य पुस्तक प्रत्येक विद्यालयमा पु¥याउन ज्ञापन पत्र मार्फत माग गरेको छ । दुई दुई महिना बितिसम्म पनि विद्यालयमा पाठ्य नपुग्नु लाज मर्दो कुरा मात्र नभई विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार माथि हस्तक्षप भएको अनेरास्वियुका अध्यक्ष जंग विकद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सरकारले कक्षा १० सम्मको शिक्षालाई निशुल्क तथा अनिवार्य शिक्षाका रुपमा घोषणा गरेको भएपनि कार्यान्वय हुन नसकेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI