तनहुँ खबर डट कम सम्बादात ,तुलसीपुर दाङ, जेष्ठ २७
दाङ जिल्लामा जीवनजलको अभाव भएको छ ।
दाङका बजारमा जीवनजलको अभाव भएपछि नव जीवन ईलेक्ट्रोयिबोन विक्री वितरण
गरिएको छ । जीवनजलको अभाब भएपछि नव जीवन, ईलेक्ट्रोयिबोन लागायतका औषधी
प्रयोगम ल्याएको राप्ती उपक्षेत्रीय अस्पत्ताल घोराहीअन्तर्गत साझा
स्वास्थ्य सेवाका स्टोर किपर उद्धव घिमिरेले जानकारी दिनुभयो । जीवनजलको
उत्पादनकर्ता नेपाल औषधी लिमीटेडले यसको उत्पादन नगर्दा बजारमा अभाव भएको
घिमिरेले बताउनुभयो । लिमिटेडले सिटामोलको उत्पादन पनि रोकेको छ ।